फागुन २९, काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्त कुनाले चैत १ गतेदेखि लाइसेन्सको लिखित फारम नलिने भएको छ । 

कार्यालयले मंगलबारदेखि लिखित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २९, काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्त कुनाले चैत १ गतेदेखि लाइसेन्सको लिखित फारम नलिने भएको छ । 

कार्यालयले मंगलबारदेखि लिखित"/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यातायात व्यवस्था कार्यालयले अब लाइसेन्सको लिखित फारम नलिने

२०७३, २९ फाल्गुन आईतवार ०७:५०


फागुन २९, काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्त कुनाले चैत १ गतेदेखि लाइसेन्सको लिखित फारम नलिने भएको छ । 

कार्यालयले मंगलबारदेखि लिखित फारम विस्थापित गरेर अनलाईन फारम मात्र बुझ्ने तयारी गरेको जनाएको छ । कार्यालयका अनुसार अनलाईन फारम भर्न नजान्नेले नागरिकताको फोटोकपि लिएर कार्यालय जान सक्नेछन् । 

उनीहरुको लागि भने कार्यालयकै कर्मचारीले अनलाइन फारम भरिदिने व्यवस्था गर्न लागिएको छ । मंगलबारदेखि लिखित फारम एउटा पनि नबुझ्ने भएपछी फारम छापेर बिक्री गर्दै आएको ललिपुर उपमहानगरपालिकालाई फारम नछाप्न कार्यालयले निर्देशन दिएको छ ।

यातायात व्यवस्था विभागको वेबसाइट www.dotm.gov.np मा गएर लाइसेन्सको लागि फारम भर्न सकिनेछ ।  फारम भरेको भोलिपल्ट नागरिकतासहित कार्यालय गएर लिखित परीक्षाको प्रक्रिया सुरु गर्न सकिने कार्यालयले जनाएको छ । कार्यालयले अहिले लिखित र अनलाईन गरी नयाँ लाइसेन्सको लागि दैनिक पाँच सय जनाको फारम बुझ्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने