२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विभिन्न घटनामा एक विदेशीसहित सोह्रको मृत्यु

२०७३, २९ फाल्गुन आईतवार १३:४५

फागुन २९, काठमान्डू । बितेका २४ घण्टामा देशका विभिन्न १४ स्थानमा भएका आगलागी, आपराधिक घटना, सवारी दुर्घटना र भवितव्यमा एक जना इजरायली नागरिकसहित १६ जनाको मृत्यु भएको छ । 

काभ्रेको पनौतीमा कुटपिट, बाजुरामा छोराको बञ्चरो प्रहारजस्ता जघन्य अपराध, रौतहट, धनुषा र नवलपरासीमा सवारी दुर्घटना, कपिलवस्तुमा आगलागी, कैलालीमा पर्खालले पुरेर, भक्तपुरमा इनारमा डुबेर तथा कास्कीमा हृदयाघातबाट एक जना इजरायली नागरिकको मृत्यु भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । 

प्रहरीका अनुसार कुटपिटबाट घाइते भएका पनौती नगरपालिका–२ स्थित ढलेश्वर क्रसर उद्योगमा काम गर्ने सोही नगरपालिका गोकुले–४ का २६ वर्षीय सोमबहादुर घलानको मध्यपुर अस्पताल ठिमीमा उपचारका क्रममा आज मृत्यु भएको हो । त्यसैगरी, बाजुरा गुदुखाटी–४ बस्ने ६० वर्षीय नाथ चदारालाई उनकै छोरा २३ वर्षीय लोकेश चदाराले आज बन्चरो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको छ । 

रौतहट चन्द्रपुर नगरपालिका–१ स्थित वीरेन्द्र राजमार्गमा बसले ठक्कर दिँदा ४० वर्षीय पैदलयात्री लालु मन्सुरी, धनुषाको मिथिला नगरपालिका–९ महेन्द्र राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सर्लाही, भद्रपुर–४ का ३५ वर्षीय किसुनदेव राय, नवलपरासीको गैँडाकोट नगरपालिका–१० भेंडाबारी मुनाचोकको भित्री सडकमा मोटरसाइकल पल्टँदा सोही नगरपालिका–१३ बस्ने २२ वर्षीय पर्शुराम महतोले ज्यान गुमाएका छन् । 

कपिलवस्तुको शिवराज नगरपालिका–१ तिनतिरेस्थित दिलमाया रोक्काको गोठमा शनिबार आगलागी हुँदा गोठमा सुतिरहेका उनका छिमेकीको छोरा ११ वर्षीय विक्रम पुन र अर्घाखाँची, सिद्धारा–६ बस्ने १० वर्षीय सन्दिप कुमालको घटनास्थलमै मृत्यु भएको थियो । 

भक्तपुरको चाँगुनारायण नगरपालिका–१३ दुवाकोट बस्ने ४६ वर्षीय राजेन्द्र खड्का सोही ठाउँस्थित इनारमा डुबेर मृत्यु भएको अवस्थामा आज फेला परेको, स्याङ्जाको अर्जुनचौपारी–६ तल्लो खाल्टे बस्ने ६० वर्षीय वीरबहादुर रोक्का सोही ठाउँको झाँक्री खोलामा आज मृत भेटिएका तथा स्याङ्जाकै तिनदोबाटे–४ आमबोट बजारस्थित स्वास्थ्य स्वयम्सेविका भवनको पेटीमा करिब ४५ वर्षका परिचय नखुलेका पुरुष मृत अवस्थामा आज नै भेटिएका छन् । 

मकवानपुरको आमभञ्ज्याङ–५ भालुखोलास्थित आरजीआई पोल्ट्री फर्ममा काम गर्ने मकवानपुर, गढी–८ बस्ने ४४ वर्षीय सुकराम पाख्रिन र मकवानपुर, हेटौँडा उपमहानगरपालिका–२९ नेवारपानी बस्ने २७ वर्षीय कुमार प्रजा तथा पोखरा महानगरपालिका–६ लेकसाइडस्थित होटल ड्रिम इनमा विगत चार महिनादेखि बस्दै आएका इजरायली नागरिक २० वर्षीय इलाड लुपर आज ओछ्यानमै मृत अवस्थामा आज भेटिएका प्रहरीले जनाएको छ । 

सल्यानको बागचौर नगरपालिका–६ का ५१ वर्षीय डम्बरबहादुर वली, बाग्लुङको बोबाङ–२ खहरेखोलाको भिरमा बोबाङ–३ की ४० वर्षीया डोरमाया पुनमगर, बनेपा नगरपालिका–१० स्थित एलोरेन बस बडी ग्यारेजमा काम गर्ने बारा कलैया नगरपालिका–१० का १८ वर्षीय जितेन्द्र दासलाई बाटोमा लडिरहेको अवस्थामा भेटिएपछि शिर मेमोरियल अस्पताल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको तथा कैलालीको टीकापुर नगरपालिका–९ मा सेफ्टी ट्याङ्की निर्माण गर्ने पर्खाल भत्केर पुरिँदा मुनुवा–५ का ५० वर्षीय रामगुलाम चौधरीको घटनास्थलमै मृत्यु भएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने