2026-08-31 05:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा सबै हतियार बुझाउन सूचना

चैत १, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लामा अनुमति लिएका र नलिएका कुनै पनि हातहतियार र विस्फोटक पदार्थ बुझाउन सूचना गरेको छ । 

कार्यालयले एक सूचना जारी गरी स्थानीय निकायको निर्वाचनलाई दृष्टिगत गरी समाजमा शान्ति सु–व्यवस्था कायम गराइराख्न साना तथा ठूला हातहतियार, विस्फोटक पदार्थ जिल्ला सुरक्षा समितिलाई बुझाउन सूचना जारी गरी आह्वान गरिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार अवैध हातहतियार नियन्त्रण गर्ने अभियानअन्तर्गत जिल्ला सुरक्षा समिति, चितवनको निर्णयअनुसार कानुनबमोजिम अनुमति प्राप्त गरेका र अवैधरुपमा लुकाई छिपाई राखेका हातहतियार, विस्फोटक पदार्थ ७ दिनभित्र बुझाउन निर्देशन दिएको हो । ‘यस्ता हातहतियार र विस्फोटक पदार्थ जिल्ला प्रशासन कार्यालय चितवन वा नजिकको प्रहरी कार्यालयमा अनिवार्य रुपमा बुझाउन हुन सम्बन्धित महानुभावमा यो सूचना जारी गरिएको छ’, प्रहरीले सोमबार सार्वजनिक गरेको सातदिने सूचनामा उल्लेख छ । 

तोकिएको समयसीमाभित्र नबुझाई लुकाई छिपाई राखेमा हातहतियार र विस्फोटक पदार्थ नियन्त्रण गर्ने विशेष योजनाअन्तर्गत गठन भएको विशेष संयुक्त सुरक्षा टोलीबाट कानुनअनुसार कडा कारबाही हुने प्रहरीले चेतावनी दिएको छ । 

स्थानीय प्रशासनले निर्वाचनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था थप सुदृढ बनाएको जानकारी दिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने