२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा हात्तिपाईले रोग निवारण अभियान ५ गते देखी सुरु हुने

२०७३, १ चैत्र मंगलवार १५:१३

ललित बोहरा/चैत्र १, डडेल्धुरा । डडेल्धुरामा हात्तिपाईले (फाईलेरीया) रोग निवारण अभियान अगामी हप्ताको आईतबारदेखि सुरु हुने भएको छ ।

 जिल्लाभर यसै चैत  ५, ६ र ७ गते राष्ट्रिय हात्तिपाईले रोग बिरुद्ध औषधी सेवन गराईन लागेको जिल्ला स्वास्थ्य कार्यालय एक कार्यक्रमको आयोजना गरी उक्त जानकारी गराएको हो ।

 यस अघि नेपाल सरकारले फागुन २१, २२ र २३ गते औषधि सेवन गराउने कार्यक्रम तय गरेको भए पनि स्वास्थ्यकर्मीहरुको आन्दोलनका कारण मिति परिवर्तन गरी स्वास्थ्य सेवा विभागको निर्देशन अनुसार औषधी खुवाउन लागिएको हो ।

 पाँच बर्षदेखी सञ्चालनमा रहेको यो कार्यक्रममा गत बर्ष १ लाख १६ हजार नागरिकले औषधी सेवन गरेका थिए भने यो बर्ष १ लाख ४३ हजार ८ सय २६ जनालाई आम औषधी सेवन गराउने लक्ष्य जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले लिएको छ ।

 औषधि खुवाउनका लागि जिल्लाका आठ सय २६ स्थानमा स्वास्थ्य स्वयंम सेवक र तीन सय जना स्वास्थ्यकर्मी र स्वयंसेविका परिचालन गरिने जिल्ला स्वास्थ्य कार्यालयमा प्रमुख बृष बहादु शाहीले जानकारी दिएका छन् ।

 जिल्लामा अहिले कुल जनसंख्याको १५ प्रतिशत नागरिकमा हात्तिपाईलेका परजीविरहेको र २२ जना हात्तिपाईले रोगबाट संक्रमित रहेको पत्रकारहरुसंग गरिएको अन्तरक्रिया कार्यक्रममा जानकारी गराईएको हो । 

सबै व्यक्तिले स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेवकहरुले भनेअनुसार खानासँगै वा खानापछि औषधि खानु पर्ने स्वास्थ्यकर्मीले बताएका छन् । औषधिको सेवनपछि हात्तीपाइलेको परजिवी शरीरमा भएमा कसै–कसैमा ज्वरो आए जस्तो हुने, टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने जस्ता सामान्य लक्षणहरु देखा पर्ने गर्दछ । असरहरुबिना उपचार आफैं केही समयमा ठीक भएर जान्छ, नभए नजिकको स्वास्थ्य संस्थामा तुरुन्त जानु पर्ने चिकित्सकले बताएका छन् ।

हात्तिपाईलेको औषधी सेवनले स्वास्थ्यमा असर गर्छ भन्ने गलत प्रचारलाई चिर्न जिल्लामा रहेका जिम्मेवार व्यक्तिहरुलाई सबैभन्दा पहिले औषधि खुवाएर यस अभियानको सुरुवात गर्ने तयारी रहेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख शाहीले जानकारी दिएका छन् ।

 यो औषधी सरकारले निःशुल्क रुपमा उपलव्ध गराउँदै आएको छ । ६ वर्षे अभियान अन्र्तगत यो बर्ष पाँचै पटक औषधी सेवन गराईन लागेको हो  ।

उप–क्षेत्रीय अस्पतालले विशेषज्ञ उपचार सेवा शुरु गरेपछि सेवाग्राही बढ्दै 

सुदूरपश्चिमको एकमात्र ठूलो डडेल्धुरा उप–क्षेत्रीय अस्पतालले विशेषज्ञ उपचार सेवा शुरु गरेपछि सेवाग्राही बढ्दै गएका छन् ।

 दैनिक ५०/६० जनासम्म मात्र बिरामी आउने अस्पतालमा विशेषज्ञ उपचार सेवा सुरु गरिएसँगै सेवाग्राहीको संख्यामा वृद्धि भएको हो । यो अस्पतालमा अहिले दैनिक १ सय ५० जनासम्म बिरामी उपचारका लागि आउन थालेका छन् ।

 अस्पतालले स्त्रीरोग, बालरोग, हड्डी तथा दाँतको उपचार सेवा शुरु गरेको छ । विशेषज्ञ उपचार सेवा शुरु भएपछि सबैभन्दा बढी गर्भवती तथा सुत्केरी महिला लाभान्वित भएको अस्पताल विकास समितिका अध्यक्ष लक्ष्मण सिंहले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण