२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा माध्यामिक शिक्षा परिक्षामा ६ हजार २ सय २५ विद्यार्थि सहभागि हुँदै

२०७३, १ चैत्र मंगलवार १५:२४

कमल रावल/चैत १, अछाम । यहि चैत ३ गतेबाट अछाम जिल्लामा सुरु हुने माध्यामिक शिक्षा परिक्षामा ६ हजार २ सय २५ विद्यार्थि परिक्षामा सम्मलित हुने भएका छन । 

विगतका बर्ष झै यस बर्ष पनि २२ वटा केन्द्रहरु बाट सो सख्यामा विद्यार्थिले परिक्षा दिने भएका हुन । जसमा नियमित तर्फ छात्र २ हजार २ सय ५४ छात्रा २ हजार  ३ सय ५८ गरि जम्मा ४ हजार  ६ सय १२ र ईग्जाम्टेड तर्फ छात्र १ सय १ र छात्रा १ सय १० गरि २ सय १३ विद्यार्थि सहभागि हुने भएका छन । 

जसमा जिल्लामा संञ्चालित एक मात्र प्राविधिक विद्यालय मंगला नेरा मावि ओलिगाउबाट प्राविधिक तर्फका ३६ जना र शोडषा मावि मंगलसेनबाट खुल्ला तर्फ २० जना विद्यार्थि परिक्षामा सहभागि हुने जिल्ला शिक्षा कार्यालय अछामका परिक्षा शाखा प्रमुख श्याम बाबु शाहले बताउनु भयो । 

साथै गत वर्षको भन्दा यो वर्ष परिक्षामा सहभागि हुने विद्यार्थिको सख्या पनि कम भएको उहाँले बताउनु भयो । गत वर्ष ७ हजार ६ सय १८ जना विद्यार्थिले परिक्षा दिएका उहाँले जानकारी दिनु भयो । यस वर्ष महेन्द्र मावि बयालपाटाबाट केन्द्रमा २ सय ८१, शोडषा देवि मावि मंगलसेनबाट ३ सय ८७, कात्यानि माबि हात्तिबाझबाट १ सय ७०, विद्या मन्दिर उमावि विनायक क बाट ३ सय १९, ख बाट २ सय ७८, त्रिपुरा सुन्दरी मावि श्रीकोटबाट ३ सय २१, जनता मावि मेल्लेखबाट २ सय ७८, सुर्यचन्द्र मावि कालिमाटीबाट २ सय ९ जना विद्यार्थिले परिक्षा दिने भएका हुन । 

यस्तै अन्नपुर्ण मावि कालागाउबाट २ सय ६७, जाल्पादेवि मावि ढाकु बाट ३ सय १२, कालिकेश्वरी मावि तुर्माखादबाट २ सय ६७, बसुन्धरा मावि थाल्पाटा भैरबस्थानबाट २ सय २६, वेतालमाण्डौँ मावि घुघुरकोटबाट २ सय ८९, सरस्वती मावि जयगढबाट ४ सय १२, कालिका मावि हिच्माबाट २ सय २९, सिद्धेश्वरी मावि धमालीबाट ३ सय ६२, पिपलचौर मावि बगुडाकाट २ सय २२, यशोदा मावि नेटाकोटबाट ३ सय ७७, अष्टसिद्धि मावि ढुंगाचाल्नाबाट २ सय ५१, जनकल्याण मावि मष्टामाण्डौबाट २ सय ८९, मंगला नेरा मावि वलिगाउबाट २ सय २६ र सिउडी मावि चौरपाटी केन्द्रबाट २ सय ५३ जना विद्यार्थिले परिक्षा दिने भएका छन । सब भन्दा धेरै विद्यार्थि सरस्वती मावि जयगढबाट ४ सय १२ र सबै भन्दा कम कात्यानि माबि हात्तिबाझबाट १ सय ७० विद्यार्थि रहेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ