चैत २, काठमाडौँ । राष्ट्रिय वन दशकको अवसर पारेर राष्ट्रिय सहिद स्मारक निर्माणस्थल गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनमा आज ६० वटा जापानको राष्ट्रिय फूल साकुरा रोपि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २, काठमाडौँ । राष्ट्रिय वन दशकको अवसर पारेर राष्ट्रिय सहिद स्मारक निर्माणस्थल गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनमा आज ६० वटा जापानको राष्ट्रिय फूल साकुरा रोपि"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहिद स्मारकस्थलमा जापानको राष्ट्रिय फूल रोपियो

२०७३, २ चैत्र बुधबार ०९:३९

चैत २, काठमाडौँ । राष्ट्रिय वन दशकको अवसर पारेर राष्ट्रिय सहिद स्मारक निर्माणस्थल गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनमा आज ६० वटा जापानको राष्ट्रिय फूल साकुरा रोपिएको छ । 

जापानमा २० वर्षअघि ठूलो भूकम्प जाँदा शान्ति र स्थिरतालाई लक्ष्य गरी साकुरा रोप्ने अभियानमा लाग्नुभएकी योशिओका स्योकोले नेपालमा पनि यो फूलको उद्यान बनाउने उद्देश्यले आउनुभएको कार्यक्रममा जानकारी गराइयो । नेपाल पनि २ वर्षअघिको ठूलो भूकम्पपछि पुनर्निर्माणका क्रममा रहेकाले फूलले शान्तिको सन्देश फैलाउन सहयोग मिल्ने उहाँले बताउनुभयो । 

एनजिओ नेपाल डिजास्टर रिलिफ प्रितम एक्टिभ ग्रुपको सहयोगमा जापानबाटै साकुराको बिरुवा ल्याई रोपिएको स्मारकअन्तर्गतको जैविक विविधता वन वातावरण समितिका प्रमुख राजेश बिष्टले बताउनुभयो । धेरै प्रकारका साकुरा भए पनि जापानबाट दुई प्रकारका ल्याई रोपिएको छ । मार्च–अप्रिलमा दुईदेखि तीन हप्ता फुलेपछि यो फूल हरियो पातमा परिणत हुने र त्यो पातलाई खानेकुरा एवम् औषधिका रुपमा समेत प्रयोग गर्न सकिने जनाइएको छ । 

वृक्षरोपण कार्यक्रममा काठमाडौँका सहायक जिल्ला वन अधिकृत अनिल रेग्मीले नेपालमा भएको भूभागभन्दा बढी वृक्षरोपण गरेको तथ्याङ्क वन तथा भूसंरक्षण मन्त्रालयसँग रहे पनि स्थलगतरुपमा अनुगमन गर्दा बिरुवा हुर्केको नदेखिने गरेको बताउनुभयो । 

स्मारकका अध्यक्ष सुदर्शन सिग्देलले रोपिएका ६० वटै साकुराका बिरुवा संरक्षणका लागि कर्मचारी खटाई उचित रेखदेख एवम् गोडमेलको व्यवस्था गरिने प्रतिबद्धता जनाउनुभयो । बिरुवामा रोप्नेकै ट्याग लगाई उसैले संरक्षण गर्नुपर्ने व्यवस्था गरिएको इन्टरनेसनल सेवा सोसाइटीका अध्यक्ष प्रितम गोलेले जानकारी दिनुभयो । 

विसं २०७१ देखि सुरु भएको वन दशक २०८० सालमा सकिनेछ । नेपाल र जापानबीच दौत्य सम्बन्ध कायम भएको ६०औँ वर्षका अवसरमा मित्रता थप बलियो होस् भन्ने कामना गर्दै नेपालमा साकुरा फूलको उद्यान बनाउन लागिएको सो अवसरमा जानकारी गराइयो । 

मन्त्रिपरिषद्को २०६४ जेठ ११ गतेको निर्णयअनुसार शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तर्गत विसं २०६४ देखि गोकर्णमा स्मारक निर्माण भइरहेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने