चैत २, काठमाडौँ । राष्ट्रिय वन दशकको अवसर पारेर राष्ट्रिय सहिद स्मारक निर्माणस्थल गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनमा आज ६० वटा जापानको राष्ट्रिय फूल साकुरा रोपि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २, काठमाडौँ । राष्ट्रिय वन दशकको अवसर पारेर राष्ट्रिय सहिद स्मारक निर्माणस्थल गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनमा आज ६० वटा जापानको राष्ट्रिय फूल साकुरा रोपि"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहिद स्मारकस्थलमा जापानको राष्ट्रिय फूल रोपियो

२ चैत्र २०७३, बुधबार ०९:३९

चैत २, काठमाडौँ । राष्ट्रिय वन दशकको अवसर पारेर राष्ट्रिय सहिद स्मारक निर्माणस्थल गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनमा आज ६० वटा जापानको राष्ट्रिय फूल साकुरा रोपिएको छ । 

जापानमा २० वर्षअघि ठूलो भूकम्प जाँदा शान्ति र स्थिरतालाई लक्ष्य गरी साकुरा रोप्ने अभियानमा लाग्नुभएकी योशिओका स्योकोले नेपालमा पनि यो फूलको उद्यान बनाउने उद्देश्यले आउनुभएको कार्यक्रममा जानकारी गराइयो । नेपाल पनि २ वर्षअघिको ठूलो भूकम्पपछि पुनर्निर्माणका क्रममा रहेकाले फूलले शान्तिको सन्देश फैलाउन सहयोग मिल्ने उहाँले बताउनुभयो । 

एनजिओ नेपाल डिजास्टर रिलिफ प्रितम एक्टिभ ग्रुपको सहयोगमा जापानबाटै साकुराको बिरुवा ल्याई रोपिएको स्मारकअन्तर्गतको जैविक विविधता वन वातावरण समितिका प्रमुख राजेश बिष्टले बताउनुभयो । धेरै प्रकारका साकुरा भए पनि जापानबाट दुई प्रकारका ल्याई रोपिएको छ । मार्च–अप्रिलमा दुईदेखि तीन हप्ता फुलेपछि यो फूल हरियो पातमा परिणत हुने र त्यो पातलाई खानेकुरा एवम् औषधिका रुपमा समेत प्रयोग गर्न सकिने जनाइएको छ । 

वृक्षरोपण कार्यक्रममा काठमाडौँका सहायक जिल्ला वन अधिकृत अनिल रेग्मीले नेपालमा भएको भूभागभन्दा बढी वृक्षरोपण गरेको तथ्याङ्क वन तथा भूसंरक्षण मन्त्रालयसँग रहे पनि स्थलगतरुपमा अनुगमन गर्दा बिरुवा हुर्केको नदेखिने गरेको बताउनुभयो । 

स्मारकका अध्यक्ष सुदर्शन सिग्देलले रोपिएका ६० वटै साकुराका बिरुवा संरक्षणका लागि कर्मचारी खटाई उचित रेखदेख एवम् गोडमेलको व्यवस्था गरिने प्रतिबद्धता जनाउनुभयो । बिरुवामा रोप्नेकै ट्याग लगाई उसैले संरक्षण गर्नुपर्ने व्यवस्था गरिएको इन्टरनेसनल सेवा सोसाइटीका अध्यक्ष प्रितम गोलेले जानकारी दिनुभयो । 

विसं २०७१ देखि सुरु भएको वन दशक २०८० सालमा सकिनेछ । नेपाल र जापानबीच दौत्य सम्बन्ध कायम भएको ६०औँ वर्षका अवसरमा मित्रता थप बलियो होस् भन्ने कामना गर्दै नेपालमा साकुरा फूलको उद्यान बनाउन लागिएको सो अवसरमा जानकारी गराइयो । 

मन्त्रिपरिषद्को २०६४ जेठ ११ गतेको निर्णयअनुसार शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तर्गत विसं २०६४ देखि गोकर्णमा स्मारक निर्माण भइरहेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला