२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

एक सय एकहत्तर विद्यार्थी परीक्षा दिन वञ्चित

३ चैत्र २०७३, बिहीबार १३:३२

चैत ३, पोखरा । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षामा कास्कीबाट एक सय ७१ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । 

वर्षभरि ७० प्रतिशत हाजिरी नपुगेपछि उनीहरुले परीक्षा दिन नपाएको जिल्ला शिक्षा कार्यालयका उपसचिव गोविन्द पोखरेलले जानकारी दिनुभयो । परीक्षामा नियमिततर्फ १० हजार चार सय ६३ र पुनःपरीक्षातर्फ एक सय ७२ छात्रछात्रा संलग्न भएका छन् । परीक्षाका लागि ३१ केन्द्रको व्यवस्था गरिएको छ । 

यस्तै परीक्षामा कारागारका तीन बन्दी, चार दृष्टिविहीन, १५ सुस्तश्रवण र ११ जना बालसुधार गृहबाट सहभागी भएका छन् । जिल्लाका एक सय ६३ संस्थागत र एक सय १४ सामुदायिक विद्यालयका छात्रछात्राले परीक्षा दिइरहेको कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने