दान बहादुर बुढा/चैत ३, मुगु । सरकारले गएको सोमवार देखि जिल्ला विकास समिति र गाउँ विकास समिति पुराना स्थानीय संरचना खारेज गरे पछि जिल्लामा नयाँ संरचना अनुसार"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/चैत ३, मुगु । सरकारले गएको सोमवार देखि जिल्ला विकास समिति र गाउँ विकास समिति पुराना स्थानीय संरचना खारेज गरे पछि जिल्लामा नयाँ संरचना अनुसार"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

जिविस गाउँपालिका विघटनपछि गाउँपालिका मार्फत काम सुरु

२०७३, ५ चैत्र शनिबार १२:४५


दान बहादुर बुढा/चैत ३, मुगु । सरकारले गएको सोमवार देखि जिल्ला विकास समिति र गाउँ विकास समिति पुराना स्थानीय संरचना खारेज गरे पछि जिल्लामा नयाँ संरचना अनुसार गाउँ पालिका स्थापना गरि स्थानीय तहका काम सुचारु हुन थालेका छन ।

पुराना स्थानीय निकायको खारेजी पछि गाविस र जिविस मार्फत काम कसरी गर्ने भन्ने विषयमा अन्यौलता बढिरहेको भने पनि जिल्ला विकास समितिले राज्यको नयाँ संरचना अनुसार जिल्लामा कायम गरिएका गाउँ पालिका र नगर पालिकामा जिल्ला समन्वय समितिले कार्यकारी अधिकृत  तोकि स्थानीय निकायका कामहरु सुचारु गर्न निर्देशन दिएको जनाएको छ । समन्वय समितिले जेष्ठता र योग्यताका आधारमा तिनवटा गाउँ पालीका र एउटा नगरपालीकाका लागि कार्यकारी अधिकृत खटाएको छ । 

रारा छायानाथ नगरपालिकामा नन्दबहादुर , सोरु गाउँ पालिकाका लागि राजेन्द्र महत, खत्याड गाउँ पालिकाका लागि अमृत शाही र करान गाउँ पालिकाका लागि मणिचन्द्र कार्कीलाई खटाएको जिल्ला समन्वय समितिका संयोजक बिजयराज पौडेलले जनाएको छ ।

सरकारले वडा पालिका तथा गाउँ पालिकाका लागि थप कर्मचारी नपठाउदासम्म समितिले तोकेर पठाएका गाउँ पालिका कार्यकारी अधिकृत र वडा पालिकामा पहिलेका गाविस सचिवलाई काम चलाउन निर्देशन दिएको जिल्ला समन्वय समितिका संयोजक विजयराज पौडेलले जानकारी दिए ।

 जिल्ला विकास समितिले र रारा छायानाथ नगर पालिकाले नयाँ संरचना अनुसार काम गर्ने गरि कार्यालय स्थापना गरि सकेका छन । जिल्ला समन्वय समितिले गाउँ पालिकाहरुमा कर्मचारी खटनपटन गरिरहेको छ भने सदरमुकाम गमगढी क्षेत्रमा रारा छायानाथ नगर पालिकाले नयाँ संरचना अनुसार कार्यालय स्थापना गरि जन्म दर्ता , मृत्यु दर्ता , नागरिकता तथा राहदानीका सिफारिस गर्ने लगायतका कामहरु सुरु गरि सकेको जनाएको छ । 

सात गाविस रहेको सोरु गाउँ पालिका, पाँच गाविस रहेको करान गाउँ पालिकामा काार्यकारी अधिकृत तोकिए पनि कार्यालय स्थापना कहिले हुन्छ भन्ने जानकारी आएको छैन । उता सात गाविसको खत्याड गाउँ पालिकाले चैत्र पाँच गते कार्यालय स्थापना गरिने जनाएको छ ।  

नगर पालिकाले नयाँ संरचना अनुसार काम सुरु गरे पनि नगर पालिका भित्र पर्ने १४ वटा वडा पालिकाका लागि छाप, रजिष्टर , लेटर प्याड छाप्ने काम गरे पनि यथ्यष्ट रुपमा नयाँ संरचना अनुसार कसरी काम गर्ने भन्ने निती निर्देशन प्राप्त नभएकाले काम गर्न केही अन्यौलता रहेको नगरपालिकाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ