१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चैत ९ गतेदेखि कोरियन भाषा परीक्षाको आवेदन खुल्दै, अनलाइन फारम कसरी भर्ने ? (भिडियोसहित)

६ चैत्र २०७३, आईतवार ०७:५३

चैत ६, काठमाडौं । आउँदो चैत ९ गते अर्थात यही बुधबारदेखि रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन् २०१८ को कोरियन भाषा परीक्षाको लागि फारम खुल्दैछ । अरु बेलामा दिनरातदेखि नै लामो लाइनमा बसेर फारम बुझाउनु पर्ने झंजत यो बर्ष भने छैन किनकी तपाइले आफुले चाहेको स्थानबाटै अनलाइन फारम भर्न सक्नुहुन्छ ।

नेपालीहरुको लागि भाषा परिक्षा पास गरि रोजगारीका लागि आकर्षक र भरपर्दो गन्तव्य मानिने देश कोरियामा धेरै आवेदनहरु पर्ने गरेको छ । गतवर्ष झण्डै ६० हजारले खचाखच लाइनमा बसेर कोरियन भाषाको परीक्षा आवेदन फारम भरेका थिए तर यो पटक भने माग पनि पहिलेको तुलनामा तेब्बर बढेको छ भने अनलाइनबाट फारम भर्ने सुबिधा उपलब्ध गराईएको छ । आगामी वर्ष कोरियाले १० हजार २ सय नेपाली कामदार लैजाँदैछ । उत्पादनमुलक क्षेत्रमा ४ हजार र कृषि क्षेत्रमा ६ हजार दुई सय नेपाली लैजाने तयारी छ ।

आवेदन बुझाउन घन्टौं लामो लाइनमा बस्नुपर्ने बाध्यता हटेपनि अनलाइनबाट कसरी फारम भर्ने भन्ने अन्यौलता हुनसक्ने हुँदा आज हामीले तपाईलाई कसरी फारम भर्ने भन्ने बारे केहि महत्वपूर्ण जानकारी दिने प्रयास गरेका छौं । 

अनलाइनबाट फारम भर्नको लागिओ फारम शुल्क बापतको रकम ग्लोबल आईएमई बैंका तोकिएका शाखामा फारम भर्नु अघि नै बुझाउनु पर्ने हुन्छ । बैंकबाट रकम जम्मा गरेको कोड पाउनुहुन्छ र त्यहि कोड र एमआरपी पासपोर्टको नम्बरलाई तपाइले अनलाइन फारम भर्दा प्रयोग गरि अनलाइन फारम सब्मिट गर्न सक्नुहुन्छ । 

भिडियो हेर्नुस्


यो वर्ष आवेदन दिएकाहरुको भाषा परीक्षा २०७४ सालको जेठ २७ र २८ गते हुनेछ । परिक्षा स्थल र समय भने २०७४ सालको जेठ १९ गते सार्वजनिक हुनेछ । अनलाइन फारम भर्दा एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउनेछ । 

चैत ९ गतेदेखि आवेदन खुलेपछि अनलाइन फारम भर्न  www.eoers.epsnepal.gov.np/ मा जानुपर्छ ।  फारम भरेपछि परीक्षार्थीको इमेलमा प्रवेशपत्र प्राप्त गर्नेछन् । र सोहि  प्रवेशपत्रलाई रंगिन प्रिन्ट गरेर परीक्षा दिन पाइनेछ । साथै परीक्षा दिनको लागि प्रवेशपत्र सँगै सक्कल एमआरपी पनि लिएर जानुपर्ने हुन्छ । 

थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट