चैत ७, गोरखा । पुरानो मन्दिर भत्काएर जगैदेखि पुनःनिर्माण थालिएको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर पुनःनिर्माण गर्न अझै एक वर्ष लाग्ने भएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ७, गोरखा । पुरानो मन्दिर भत्काएर जगैदेखि पुनःनिर्माण थालिएको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर पुनःनिर्माण गर्न अझै एक वर्ष लाग्ने भएको छ । 
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

मनकामना मन्दिर पुनःनिर्माण सक्न अझै एक वर्ष लाग्ने

७ चैत्र २०७३, सोमबार ०७:४८

चैत ७, गोरखा । पुरानो मन्दिर भत्काएर जगैदेखि पुनःनिर्माण थालिएको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर पुनःनिर्माण गर्न अझै एक वर्ष लाग्ने भएको छ । 

मन्दिर पुनःनिर्माणको काम पहिलो तलासम्म पुगेको भए पनि पहिलो तलाकै छाना राख्न तीन महिना लागेको हो । मनकामना मन्दिर जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले कामदार र काठ अभाव झेल्नु नपरेको भए मन्दिर पुनःनिर्माणले गति लिने थियो भन्नुभयो । काठ अभाव टार्न पुरानै काठको प्रयोग भइरहेको छ । 

श्रेष्ठले भन्नुभयो, “चार/पाँच जना कामदारले मन्दिर पुनःनिर्माणको काम गर्दै आउनुभएको छ । पुरातत्व विभागले भनेअनुसार पहिलेकै अवस्थामा कुनै हेरफेर नहुने गरी मन्दिर निर्माण भइरहेको छ ।” पुरातात्विक, ऐतिहासिक, धार्मिक महत्व बोकेको मन्दिर भएकाले पुरातत्व विभागका इन्जिनियर तथा प्राविधिक कर्मचारीको प्रत्यक्ष अवलोकन तथा अनुगमनमा मन्दिर पुनःनिर्माण अघि बढाइएको छ । 

विसं ०७२ साउनदेखि मन्दिर पुनःनिर्माण सुरु गरिएको थियो । एक वर्षभित्रमा मन्दिरको एक तला निर्माण सकिएको हो । ०७४ सालभित्रमा मन्दिरको पुनःनिर्माण सक्ने र धर्मावलम्बीलाई पूजाअर्चनाका लागि खुल्ला गरिने श्रेष्ठले बताउनुभयो । पुरानो मन्दिर भत्काएपछि मन्दिर अघि रहेको खुल्ला ठाउँमा टहरो बनाएर पूजाआजा गरिँदै आइएको छ । 

०६८ मा पुरातत्व विभागले गरेको अध्ययन अनुसार मन्दिर पुनःनिर्माणमा रु आठ करोड लगानी गर्नुपर्ने बताइए पनि महँगी बढेकाले लागत खर्च पनि बढेको छ । मन्दिर निर्माण सक्न कम्तीमा रु १४ करोड आवश्यक पर्ने देखिएको श्रेष्ठको भनाइ छ । मन्दिर निर्माण गर्न सरकारले करिब रु चार करोड दिएको थियो भने भक्तजनबाट अहिलेसम्म करिब रु पाँच करोड ५० हजार सङ्कलन भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव