चैत ७, भक्तपुर । भक्तपुरका यातायात व्यवसायीले भक्तपुरमा साझाबस चलाए ग्रामीण भेगका सबै बाटोमा यातायातका साधन चल्न नदिने धम्की दिएका छन् ।

सोमबा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ७, भक्तपुर । भक्तपुरका यातायात व्यवसायीले भक्तपुरमा साझाबस चलाए ग्रामीण भेगका सबै बाटोमा यातायातका साधन चल्न नदिने धम्की दिएका छन् ।

सोमबा"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरमा साझा बस चलाए ग्रामीण क्षेत्रमा गाडी ठप्प पार्ने चेतावनी

७ चैत्र २०७३, सोमबार १२:५४

 चैत ७, भक्तपुर । भक्तपुरका यातायात व्यवसायीले भक्तपुरमा साझाबस चलाए ग्रामीण भेगका सबै बाटोमा यातायातका साधन चल्न नदिने धम्की दिएका छन् ।

सोमबार रफत सन्चार क्लब भक्तपुरमा पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले सहरी भेगमामात्र सन्चालन गरिने साझा यातायातलाई अनुमति दिइए आफूहरुले भक्तपुरका ग्रामीण क्षेत्रमा कहिँ पनि गाडी चल्न नदिने धम्की दिएका हुन् ।

भक्तपुर मिनिवस सेवा समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले समिति अन्र्तगत १७ रुटका ३ सय ३७ गाडी सञ्चालनमा रहेपनि यात्रुहरुको सेवालाई ध्यान दिएर थप ४० वटा साझा बस सरहका गाडी मगाइएको भन्दै साझा बस भित्रीए ग्रामीण रुटमा यातायात ठप्प पार्ने धम्की दिए ।

ग्रामीण भेगमा घाटा सहेर यातायात सन्चालन गरिएको दाबी गर्दै महर्जनले सहरी भेगमा नाफा कमाउनमात्र साझालाई भित्र्याइए मान्य नहुने चेतावनी दिए । कोटेश्वर पूर्व बस समन्वय समितिका अध्यक्ष बलराम त्वानाबासुले साझा बस भक्तपुर चलाउने विषयको विरोध गरे ।

व्यवसायीले सरकारले सहकारीबाट ऋण लिएर सञ्चालनमा रहेका बसहरुलाई बन्द गराउँदै सहकारी डुबाउने खेलमा लागेको आरोप समेत लगाए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…