चैत ७, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुख स्वास्थ्यलाई राष्ट्रिय स्वास्थ्य नीतिभित्र प्राथमिकतामा राख्न सरकारसँग आग्रह गर्नुभएको छ । 

वि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ७, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुख स्वास्थ्यलाई राष्ट्रिय स्वास्थ्य नीतिभित्र प्राथमिकतामा राख्न सरकारसँग आग्रह गर्नुभएको छ । 

वि"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुख स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ: उपराष्ट्रपति पुन

७ चैत्र २०७३, सोमबार १३:२५

चैत ७, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुख स्वास्थ्यलाई राष्ट्रिय स्वास्थ्य नीतिभित्र प्राथमिकतामा राख्न सरकारसँग आग्रह गर्नुभएको छ । 

विश्व मुख स्वास्थ्य दिवस–२०१७ का अवसरमा आज नेपाल डेन्टल एसोसिएसनले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले धेरै रोग लाग्ने प्रमुख द्वार मुख भएकाले सरकारले मुख स्वास्थ्यको सेवा र उपचार ग्रामीण क्षेत्रसम्म पु¥याउन आवश्यक भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “हाम्रो देशको दन्त उपचार सेवा निकै उत्कृष्ट छ । अन्य रोगका लागि विदेश नै रोज्ने ठूलाबडाले पनि दाँत उपचारका लागि बाहिर गएको सुनिँदैन । यसर्थ देशभित्र उत्पादन भएका दन्त चिकित्सक, दन्तसर्जन र दन्त विशेषज्ञलाई प्राथमिक स्वास्थ्य केन्द्रसम्म जाने वातावरण बनाउन सरकारसँग आग्रह गर्दछुु ।” 

विज्ञान तथा प्रविधि मन्त्री प्रेमबहादुर सिंहले शरीर स्वस्थ भएमा दिमाग स्वस्थ हुने हुनाले स्वस्थ व्यक्तिले मात्र देशमा योगदान गर्नसक्ने बताउनुभयो । मुख स्वस्थ राख्न खानेपानीसँगै अन्य खानेकुरामा नियन्त्रण र सन्तुलन राख्न सकेमा धेरै कडा रोगबाट बच्न सकिने उहाँले तर्क गर्नुभयो । 

विश्व डेन्टल फेडरेसन ९ँम्क्ष्० को आह्वानमा ‘जसको दाँत सबल, उसको जीवन सफल’ भन्ने नाराका साथ मुख स्वास्थ्य दिवस मनाइएको हो । 

नेपाल मेडिकल एसोसिएसनका संयुक्त कोषाध्यक्ष तथा दन्त विभाग प्रमुख डा प्रकाश बुढाथोकीले सम्पूर्ण नेपालीको दन्त उपचार गर्न पाँचहजार दन्त चिकित्सक आवश्यक परेपनि नेपालमा दुईहजार मात्र चिकित्सक हुुँदा पनि चिकित्सक बेरोजगार र जनता उपचारबाट वञ्चित हुनुपरेको गुनासो गर्नुभयो । 

सबै प्राथमिक स्वास्थ्य केन्द्रसम्म दन्त चिकित्सक पु¥याउन सरकारले दरबन्दी सिर्जना गरी आवश्यक उपकरणसहितको वातावरण बनाउनुपर्ने उहाँले माग गर्नुभयो । डेन्टल एसोसिएसनका अध्यक्ष डा सन्तोषमान राजभण्डारीले मुख स्वास्थ्य दिवसमा विभिन्न जटिलरोग लाग्नुका कारणमध्ये मुख स्वास्थ्य पनि एक भएकाले सरकारले यो विषयलाई पनि गम्भीररुपमा लिई मुख स्वास्थ्यका लागि स्वास्थ्य मन्त्रालयमा छुट्टै महाशाखा स्थापना हुनुपर्ने बताउनुभयो । 

एसोसिएसनका महासचिव डा मनोज हुमागाईंले दन्त उपचारका लागि केन्द्रीय दन्त अस्पताल आवश्यक भएको बताउनुभयो । अन्य रोगको अस्पताल भएपनि मुख स्वास्थ्यका लागि केन्द्रीय अस्पताल आवश्यक भएको उहाँको भनाइ छ । 

दन्त विशेषज्ञ सुवास घिमिरेले सरकारले अन्य रोगलाई गम्भीरताका साथ लिई निदान र उपचारमा लगानी गरेपनि मुख स्वास्थ्यलाई आफ्नो प्राथमिकतामा नराखेको बताउनुभयो । डा घिमिरेले मधुमेह, उच्च रक्तचाप, क्यान्सर लगायतका रोग छ कि छैन भनेर मुखको सम्पूर्ण जाँच गर्दा थाहा पाउन सकिने बताउनुहुन्छ । 

वल्र्ड डेन्टल फेडरेसनका अनुसार फ्लोराइडयुक्त दन्तमञ्जनले दिनमा दुईपटक दाँत माँझ्नाले गिँजा र दाँतलाई बचाउन सकिन्छ । फ्लोराइडयुक्त दन्तमञ्जनले दाँत माँझ्दा दुई मिनेटमा ९५ प्रतिशत मुखको व्याक्टेरिया हटेर जाने दन्त चिकित्सक बताउँछन् । हरेक नेपालीलाई कुनै न कुनैप्रकारको मुखसम्बन्धी समस्या छ । सहरी स्कुले विद्यार्थीमा तयारी खाना खाने कारणले दाँत सड्ने समस्या बढी देखिएको छ । त्यसैले सानैबाट मुख स्वस्थ राख्न अन्य जाँच जस्तै मुखको पनि परीक्षण गरिरहनुपर्ने चिकित्सकको भनाइ छ । 

नेपाल मेडिकल परिषद्मा हालसम्म एकहजार ९६० दन्त चिकित्सक छन् भने ५४६ दन्त विशेषज्ञ दर्ता छन् । हाल १२ दन्त कलेजमार्फत वार्षिकरुपमा नेपालमा मात्र ३०० चिकित्सक उत्पादन हुन्छन् भने तीमध्ये ६७ जना छात्रवृत्तिमा अध्ययन गरेका हुन्छन् । सन् २०१७ बाट यो सङ्ख्या दोब्बर हुने एसोसिएसनको भनाइ छ । 

सरकारले नीति बनाएरै देशका सबै स्वास्थ्य संस्थामा परिचालन गर्नुपर्ने दन्त चिकित्सकको भनाइ रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य