२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

होटलमा शेर्पा युवक मृत भेटिए

२०७३, ९ चैत्र बुधबार ०७:५५

चैत ९, उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित कटारी बजारको सोलु होटल एन्ड लजको एक कोठामा मङ्गलबार एक शेर्पा युवक मृत अवस्थामा फेला परेका छन् । 

इलाका प्रहरी कार्यालय कटारीका अनुसार होटलमा मृत भेटिएका युवक सोलुखुम्बु जिल्लाको टाक्सिन्दु–६ बस्ने २३ वर्षीय दावा शेर्पा रहेका छन् । शेर्पा सोमबार साँझ नै भारत हुँदै पूर्वको कांकडभिट्टाबाट मात्रीभाग्यरेखा यात्रुवाहक बसमा कटारी आएर कटारी बजारको सोलु होटल एन्ड लजमा बास बसेका थिए । 

तर मङ्गलबार बिहान अबेरसम्म पनि युवक नउठेको र सोही कोठाको अर्को बेडमा सुत्ने अर्का व्यक्तिले युवक नउठेको होटल सञ्चालकलाई बताएपछि घटनाका बारेमा होटल सञ्चालकलाई जानकारी भएको प्रहरीले बताएको छ । 

घटनाका बारेमा जानकारी हुने बित्तिकै होटल सञ्चालकले सो कुरा इलाका प्रहरी कार्यालय कटारीमा खबर गरेको प्रहरीले बताएको छ । प्रहरीको अनुसन्धानपछि मृतक युवाको शवलाई सोमबार नै कटारी अस्पतालमा राखिएको र मृतकका आफन्तलाई सोलुखुम्बुमा सम्पर्क गरेर शव बुझ्न आउन भनिएकाले आजसम्ममा युवकका आफन्त आइपुगेपछि शवपरीक्षण गरेर आफन्तलाई जिम्मा लगाइने इप्रका कटारीका प्रहरी निरीक्षक चन्द्रकुमार राजवंशीले बताउनुभयो । 

प्रहरीका अनुसार मृतक युवा तीन महिनाअघि नै घर छाडेर भारतको मेघालयतिर गएको र फर्कनेक्रममा भारतमा नै लुटिएको कुरा कटारीमा आइपुगेपछि बेलुकी बास बस्नुअघि होटल सञ्चालकलाई भनेका थिए । 

युवाले कटारीस्थित होटलमा आइपुगेपछि बेलुकी खाना पनि नखाई सुतेको र आफू बिरामीसमेत भएको होटल सञ्चालकलाई उद्धृत गर्दै प्रहरीले बताएको छ । 

प्रहरीले मृतक युवाको साथमा झोला पनि नभएको र गोजीमा रु आठसय रहेको अनुसन्धानमा देखिएको बताएको छ । अन्य कुरा अनुसन्धान भइरहेको र शवपरीक्षणपछि मात्र थाहा हुने समेत प्रहरीले बताएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने