२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

५५ बर्ष पुगेपछि पहिलो पटक बार्षिकोत्सब

२०७२, १६ चैत्र मंगलवार १७:२३

सि पि लोहीया/ चैत्र १६, बैतडी ।
बैतडी को दुर्गास्थान गाबिस ढणौनमा मा रहेको सान्ती प्रकाश निम्न माध्यमिक बिद्यालयको ५५ वर्ष पुगेपछि पहिलो पटक बार्षिकोत्सब मनाएको छ ।

मगंलबार बिविध कार्यक्रमका साथ उक्त विद्यालयले वार्षिकोत्सव मनाएको हो । बार्षिकोत्सब अन्र्तगत सास्कृतिक कार्यक्रमका अतिरिक्त जनचेतामूलक नाटक, भलिवल प्रतियोगिता, हाजीरजवाफ प्रतियोगिता, चम्चा दौड भाले जुधाई लगायतका प्रतियोगिताहरु पनि सम्पन्न गरिए ।

कार्यक्रममा बिद्यालयका जग्गादाता,समाजसेबिहरु देखि राजनितिकर्मीहरु तथा स्थानिय बासिन्दा हरु को उल्लेख्य सहभागीता रहेको थियो । तर बिद्यालयको बार्षिकोत्सब मनाईएको यो पहिलो पटक हो ।

आफुहरुले कक्षा १ देखी अध्ययन गरेको सो बिद्यालयले ५५ बर्ष पुग्दा पनि पहिलो पटक बार्षिकोत्सब मनाईदाँ आफु निकै खुसि भएको स्थानिय अविभावक गणेश चन्द ले बताए ।

अरु सबै बिद्यालयका बार्षिकोत्सब हरु मनाईने तर आफ्नो घर नजिकको बिद्यालयको बार्षिकोत्सब नमनाईने हुदाँ ५४ बर्ष देखी हरेक बर्ष आफुलाई खल्लो महसुस हुदैँ आएको ६५ बर्षिय अविभावक हरी प्रशाद सर्माले बताउनुभयो ।

यस बर्ष सो बिद्यालयमा नियुक्त भएका विद्यालयका प्रधानाध्यापक चक्रदेव पाण्डेयको सक्रियताका कारण मात्रै यस वर्ष पनि बार्षिकोत्सव मनाउन सफल भएको स्थानिय बासिन्दाको भनाई छ ।

बिद्यालय स्थापना भएको ५५ बर्ष पुगिसक्दा पनि निम्नमाध्यमिक तह बाट अगाडी बढ्न नपाउनु बिद्यालयको कमजोरी रहेको प्रअ पाण्डेयले बताए । बिद्यालयको भौतिक तथा आर्थीक अवस्था कमजोर रहेकोले आफु अझ केहि बर्ष यसै बिद्यालयमा रहे स्तरोन्नतीको लागी पहल गर्ने बताउनुहुन्छ ।

बिगत ३७ बर्ष देखि शिक्षण पेशामा आवद्ध पाण्डेय यसै बर्ष सो बिद्यालयमा सरुवा भएका हुन् । प्रअ पाण्डेयले आफुले पाउने प्रअ भत्ता समेत बिद्यालयको नाममा चन्दा स्वरुप दिदैँ आएका छन् ।

बार्षिकोत्सब समारोहमा १८लाख रुपयाँ बराबरको आर्थीक प्रतिबेदन पनि प्रस्तुत गरिएको छ । शान्ती प्रकाश निमाबी का बिद्यालय ब्यवस्थापन समिति का अध्यक्ष नारायण चन्द पनि आगामी दिनमा बिद्यालय को शैक्षिक ,भौतिक तथा आर्थीक स्तर सुधारका लागी पहल गर्ने बताउनुहुन्छ ।

सो बिद्यालय माबि तह सम्म सञ्चालन नभएका कारण बिद्यार्थी हरु माबि भन्दा माथी पढ्नका लागी ३ घण्टाको बाटो हिडि अन्यत्र जान बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी