२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

५५ बर्ष पुगेपछि पहिलो पटक बार्षिकोत्सब

१६ चैत्र २०७२, मंगलवार १७:२३

सि पि लोहीया/ चैत्र १६, बैतडी ।
बैतडी को दुर्गास्थान गाबिस ढणौनमा मा रहेको सान्ती प्रकाश निम्न माध्यमिक बिद्यालयको ५५ वर्ष पुगेपछि पहिलो पटक बार्षिकोत्सब मनाएको छ ।

मगंलबार बिविध कार्यक्रमका साथ उक्त विद्यालयले वार्षिकोत्सव मनाएको हो । बार्षिकोत्सब अन्र्तगत सास्कृतिक कार्यक्रमका अतिरिक्त जनचेतामूलक नाटक, भलिवल प्रतियोगिता, हाजीरजवाफ प्रतियोगिता, चम्चा दौड भाले जुधाई लगायतका प्रतियोगिताहरु पनि सम्पन्न गरिए ।

कार्यक्रममा बिद्यालयका जग्गादाता,समाजसेबिहरु देखि राजनितिकर्मीहरु तथा स्थानिय बासिन्दा हरु को उल्लेख्य सहभागीता रहेको थियो । तर बिद्यालयको बार्षिकोत्सब मनाईएको यो पहिलो पटक हो ।

आफुहरुले कक्षा १ देखी अध्ययन गरेको सो बिद्यालयले ५५ बर्ष पुग्दा पनि पहिलो पटक बार्षिकोत्सब मनाईदाँ आफु निकै खुसि भएको स्थानिय अविभावक गणेश चन्द ले बताए ।

अरु सबै बिद्यालयका बार्षिकोत्सब हरु मनाईने तर आफ्नो घर नजिकको बिद्यालयको बार्षिकोत्सब नमनाईने हुदाँ ५४ बर्ष देखी हरेक बर्ष आफुलाई खल्लो महसुस हुदैँ आएको ६५ बर्षिय अविभावक हरी प्रशाद सर्माले बताउनुभयो ।

यस बर्ष सो बिद्यालयमा नियुक्त भएका विद्यालयका प्रधानाध्यापक चक्रदेव पाण्डेयको सक्रियताका कारण मात्रै यस वर्ष पनि बार्षिकोत्सव मनाउन सफल भएको स्थानिय बासिन्दाको भनाई छ ।

बिद्यालय स्थापना भएको ५५ बर्ष पुगिसक्दा पनि निम्नमाध्यमिक तह बाट अगाडी बढ्न नपाउनु बिद्यालयको कमजोरी रहेको प्रअ पाण्डेयले बताए । बिद्यालयको भौतिक तथा आर्थीक अवस्था कमजोर रहेकोले आफु अझ केहि बर्ष यसै बिद्यालयमा रहे स्तरोन्नतीको लागी पहल गर्ने बताउनुहुन्छ ।

बिगत ३७ बर्ष देखि शिक्षण पेशामा आवद्ध पाण्डेय यसै बर्ष सो बिद्यालयमा सरुवा भएका हुन् । प्रअ पाण्डेयले आफुले पाउने प्रअ भत्ता समेत बिद्यालयको नाममा चन्दा स्वरुप दिदैँ आएका छन् ।

बार्षिकोत्सब समारोहमा १८लाख रुपयाँ बराबरको आर्थीक प्रतिबेदन पनि प्रस्तुत गरिएको छ । शान्ती प्रकाश निमाबी का बिद्यालय ब्यवस्थापन समिति का अध्यक्ष नारायण चन्द पनि आगामी दिनमा बिद्यालय को शैक्षिक ,भौतिक तथा आर्थीक स्तर सुधारका लागी पहल गर्ने बताउनुहुन्छ ।

सो बिद्यालय माबि तह सम्म सञ्चालन नभएका कारण बिद्यार्थी हरु माबि भन्दा माथी पढ्नका लागी ३ घण्टाको बाटो हिडि अन्यत्र जान बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ