१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्युठानमा जिप दुर्घट्ना, ६ तिर्थयात्रुको मृत्यु

११ चैत्र २०७३, शुक्रबार ०३:४५

चैत ११, प्युठान | सलिम अन्सारी।११ चैत, प्युठान । स्वर्गद्धारी दर्शनका लागि आएको  जीप   भिङ्ग्रीमा दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई महिलाको अवस्था गम्भीर छ। बिहिबार भिङ्ग्रीमा बाँस बसेर आज बिहान स्वर्गद्धारी दर्शनका  जादै गर्दा रुमाले भन्ने स्थानमा उक्त जिप दुर्घट्नामा परेको हो।

स्वर्गद्वारी दर्शनका लागि ललितपुर सातदोबाटोबाट आएको बा ८ च १५६१ जीप आज बिहान पौने ८ बजे  दुर्घट्नामा परेको प्रहरीले बताएको छ।जिप सडकबाट दुई सय मिटर तल  खसेको जनाइएको छ ।

मृत्यु हुनेमा ५ महिला र १ पुरुष रहेका छन् । दुर्घटनामा २ महिला र सवारी चालक गरी तीन जना घाइते भएका छन् ।

घाइते चालक ललितपुर जिल्ला गोठीखेल २ का २१ वर्षीय सरोज घले र एक महिलाको प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा उपचार भैरहेको छ । एक महिलालाई त्यहाबाट बुट्वल रिफर गरिएको प्रहरीले जनाएको छ ।

जीपमा ११ जना यात्रु सवार थिए । दुर्घटनास्थलबाट स्वर्गद्वारी आश्रम तीन किलोमिटरको दूरीमा पर्छ ।

मृतकको सनाखत हुन नसकेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । प्रहरी र स्थानियको सहयोगमा घाइतेको उद्धार गरिएको पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का