१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिपालभित्र बसेर परीक्षा दिनुपर्ने बाध्यता

११ चैत्र २०७३, शुक्रबार ०६:१६

चैत ११, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ डाडाँखेतमा अवस्थित बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थी त्रिपालको टहरामुनि बसेर परीक्षा दिन बाध्य भएका छन् । 

गत फागुन २५ गते साँझ विद्युत् सर्ट भएर विद्यालयको १० कोठे भवन ध्वस्त भएपछि त्रिपालको टहरामुनि बसेर परीक्षा दिन बाध्य भएका हुन् । एकसय ७४ जना विद्यार्थी रहेको विद्यालयका कक्षा १ देखि ३ सम्मका विद्यार्थीले टहरामुनि बाटै परीक्षा दिएभने ४ देखि ७ कक्षाका विद्यार्थीले अहिले धमाधम परीक्षा दिँदैछन् । 

विद्यालयका प्रधानाध्यापक तीर्थ बानियाँले आगलागीबाट सुविधासम्पन्न भवन नष्ट भएपछि टहरामुनिबाटै परीक्षा सञ्चालन गर्न बाध्य भएको बताउनुभयो । आगलागीले भवनसँगै वर्षौंदेखिको कागजपत्र, टेबुल, कुर्ची, कम्प्युटर, पुस्तकालयका पुस्तक नष्ट हुँदा रु ९२ लाख क्षति भएको थियो । 

“वार्षिक परीक्षा आउनुभन्दा केही दिनअघि मात्रै त्यस्तो घटना भयो । केही दिन यही टहरामा पठनपाठन गरायौँ”, प्रअ बानियाँले भन्नुभयोे, “अहिले परीक्षा पनि त्यस्तै ठाउँमा सञ्चालन गरेका छौँ ।” विद्यार्थीले शैक्षिकसत्रको अन्तिममा ६० पूर्णाङ्कको परीक्षा दिनुपर्ने भए पनि यसअघिका तथ्याङ्क पूरै आगलागीले नष्ट गरेपछि १०० पूर्णाङ्ककै परीक्षा लिन लागिएको विद्यालयले जनाएको छ । 

म्याग्दी खोलाभन्दा माथि डाँडामा विद्यालय रहेको हुँदा दिउँसो २ बजेदेखि उच्च वेगमा हावा चल्छ । टहरामुनि परीक्षा सञ्चालन गर्दा हावाहुरीले प्रभाव पार्ने भएकोले दिउँसो १२ बजेभित्रै परीक्षा सम्पन्न गर्ने गरिएको प्रअ बानियाँले जानकारी दिनुभयो । 

“अरु विद्यालयमा विहान ११ बजेदेखि परीक्षा चल्छ । तर हाम्रो ९ बजे नै परीक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयोे, ‘ दिउँसो २ बजेपछि त टहरामुनि बस्नै सकिँदैन, परीक्षाको कुरा त परै जाओस् ।” 

विद्यालयका शिक्षक रामप्रसाद शर्माले समुदायको पहलमा सञ्चालित विद्यालय आगलागीपछि समस्यामा परेको बताउनुभयो । “चैत्र २० गतेदेखि त केही दिन विद्यालय बन्द हुन्छ, तर अर्को शैक्षिकसत्र कसरी सञ्चालन गर्ने भन्ने चिन्ताले सताएको छ”, शिक्षक शर्माले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का