चैत ११, भक्तपुर । हरेक वर्ष वैशाख २ गते बिस्केट जात्रामा मनाइने प्रसिद्ध जिब्रो छेड्ने जात्रा यसवर्ष सङ्कटमा परेको छ ।

मध्यपुरथिमिको बोडेमा सयौँवर्ष अगाडिद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ११, भक्तपुर । हरेक वर्ष वैशाख २ गते बिस्केट जात्रामा मनाइने प्रसिद्ध जिब्रो छेड्ने जात्रा यसवर्ष सङ्कटमा परेको छ ।

मध्यपुरथिमिको बोडेमा सयौँवर्ष अगाडिद"/>

२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुजुभाइले जिब्रो नछेड्ने, अरू तयार नभए जात्रा नै रोकिने

२०७३, ११ चैत्र शुक्रबार ०९:२४

चैत ११, भक्तपुर । हरेक वर्ष वैशाख २ गते बिस्केट जात्रामा मनाइने प्रसिद्ध जिब्रो छेड्ने जात्रा यसवर्ष सङ्कटमा परेको छ ।

मध्यपुरथिमिको बोडेमा सयौँवर्ष अगाडिदेखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको जिब्रो छेड्ने जात्रा यसवर्ष सङ्कटमा परेको हो । विगत आठ वर्षदेखि जिब्रो छेड्दै आएका ३८ वर्षका जुजुभाइ बाग श्रेष्ठले यसवर्ष आफूले जात्रालाई निरन्तरता दिन नसक्ने बताएका छन् । 

उनले भने– ‘विगत आठ वर्षदेखि मैले जिब्रो छेड्दै आएको हुँ, यसवर्ष भने मैले यो जात्रालाई निरन्तरता दिन सकिन, मैले यसवर्ष जिब्रो नछेड्ने निर्णय गरे, अब बोडेका अरु व्यक्ति जिब्रो छेड्न तयार हुनुपर्छ ।’

विगतका वर्षमा पनि जिब्रो छेड्ने व्यक्ति तयार नहुँदा जात्रालाई निरन्तरता दिएका जुजुभाइले यसवर्ष जिब्रो नछेड्ने भएपछि अरू तयार नभए जात्रा नै रोकिने भएको छ ।

घरमा पारिवारिक समस्या आएको र बोडेका अरूलाई पनि जात्रालाई निरन्तरता दिन जिब्रो छेड्ने अवसर प्रदान गर्नका लागि पनि आफूले यसवर्ष जिब्रो नछेड्ने निर्णय गरेको उनले बताए ।

जुजुभाइले जिब्रो छेड्नु अघि चार वर्ष बुद्धकृष्ण बाग श्रेष्ठले र १२ वर्ष उनका दाजु कृष्णचन्द्र बाग श्रेष्ठले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका थिए । 

जिब्रो नछेड्ने घोषणा गर्दा आफूलाई दुःख लागेको बताउँदै जुजुभाइले भने– “बोडेको विश्व प्रसिद्ध यो जात्रालाई रोकी सङ्कटमा पारेर लोप हुन दिनु हुँदैन, त्यसैले बोडेका कोही नयाँ व्यक्ति जिब्रो छेड्न तयार हुनेछ भन्ने आशा र विश्वास मैले लिएको छु ।”

हरेक वर्ष चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गा्े उठाएपछि वैशाख २ गते १२ बजेपछि हजारौँ मानिसको अगाडि बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा मञ्च बनाई नायसिं बाजागाजाका साथ जिब्रो छेड्ने परम्परा छ ।

नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० इन्च लामो सुइरो देवगणको पूजा एवम् प्रार्थना गरी हजारौँ मानिसहरूकै अगाडि जिब्रो छेड्ने परम्परा छ । जिब्रो छेडेपछि चन्द्राकारको मसालजस्तो बनाइएको भ्वाय् अर्थात् महाद्विप बोकेर टोलटोल घुमाउने गरिन्छ । करिब एक घन्टा पछि जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरको दायाँबाँया ठोकिन्छ ।

जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लगाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेपछि मात्र खानेकुरा खाने प्रचलन रहेको छ । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाएर घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनुनपर्ने विश्वास रहँदै आएको छ ।

बोडेको नीलबाराहीसँग यो जात्रा जोडिएकाले पनि यसलाई निरन्तरता दिन सके बोडे बासिन्दाका लागि शुभ हुने विश्वास रहँदै आएको छ ।  रमेश गिरी/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा