चैत ११, भक्तपुर । हरेक वर्ष वैशाख २ गते बिस्केट जात्रामा मनाइने प्रसिद्ध जिब्रो छेड्ने जात्रा यसवर्ष सङ्कटमा परेको छ ।

मध्यपुरथिमिको बोडेमा सयौँवर्ष अगाडिद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ११, भक्तपुर । हरेक वर्ष वैशाख २ गते बिस्केट जात्रामा मनाइने प्रसिद्ध जिब्रो छेड्ने जात्रा यसवर्ष सङ्कटमा परेको छ ।

मध्यपुरथिमिको बोडेमा सयौँवर्ष अगाडिद"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुजुभाइले जिब्रो नछेड्ने, अरू तयार नभए जात्रा नै रोकिने

११ चैत्र २०७३, शुक्रबार ०९:२४

चैत ११, भक्तपुर । हरेक वर्ष वैशाख २ गते बिस्केट जात्रामा मनाइने प्रसिद्ध जिब्रो छेड्ने जात्रा यसवर्ष सङ्कटमा परेको छ ।

मध्यपुरथिमिको बोडेमा सयौँवर्ष अगाडिदेखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको जिब्रो छेड्ने जात्रा यसवर्ष सङ्कटमा परेको हो । विगत आठ वर्षदेखि जिब्रो छेड्दै आएका ३८ वर्षका जुजुभाइ बाग श्रेष्ठले यसवर्ष आफूले जात्रालाई निरन्तरता दिन नसक्ने बताएका छन् । 

उनले भने– ‘विगत आठ वर्षदेखि मैले जिब्रो छेड्दै आएको हुँ, यसवर्ष भने मैले यो जात्रालाई निरन्तरता दिन सकिन, मैले यसवर्ष जिब्रो नछेड्ने निर्णय गरे, अब बोडेका अरु व्यक्ति जिब्रो छेड्न तयार हुनुपर्छ ।’

विगतका वर्षमा पनि जिब्रो छेड्ने व्यक्ति तयार नहुँदा जात्रालाई निरन्तरता दिएका जुजुभाइले यसवर्ष जिब्रो नछेड्ने भएपछि अरू तयार नभए जात्रा नै रोकिने भएको छ ।

घरमा पारिवारिक समस्या आएको र बोडेका अरूलाई पनि जात्रालाई निरन्तरता दिन जिब्रो छेड्ने अवसर प्रदान गर्नका लागि पनि आफूले यसवर्ष जिब्रो नछेड्ने निर्णय गरेको उनले बताए ।

जुजुभाइले जिब्रो छेड्नु अघि चार वर्ष बुद्धकृष्ण बाग श्रेष्ठले र १२ वर्ष उनका दाजु कृष्णचन्द्र बाग श्रेष्ठले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका थिए । 

जिब्रो नछेड्ने घोषणा गर्दा आफूलाई दुःख लागेको बताउँदै जुजुभाइले भने– “बोडेको विश्व प्रसिद्ध यो जात्रालाई रोकी सङ्कटमा पारेर लोप हुन दिनु हुँदैन, त्यसैले बोडेका कोही नयाँ व्यक्ति जिब्रो छेड्न तयार हुनेछ भन्ने आशा र विश्वास मैले लिएको छु ।”

हरेक वर्ष चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गा्े उठाएपछि वैशाख २ गते १२ बजेपछि हजारौँ मानिसको अगाडि बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा मञ्च बनाई नायसिं बाजागाजाका साथ जिब्रो छेड्ने परम्परा छ ।

नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० इन्च लामो सुइरो देवगणको पूजा एवम् प्रार्थना गरी हजारौँ मानिसहरूकै अगाडि जिब्रो छेड्ने परम्परा छ । जिब्रो छेडेपछि चन्द्राकारको मसालजस्तो बनाइएको भ्वाय् अर्थात् महाद्विप बोकेर टोलटोल घुमाउने गरिन्छ । करिब एक घन्टा पछि जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरको दायाँबाँया ठोकिन्छ ।

जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लगाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेपछि मात्र खानेकुरा खाने प्रचलन रहेको छ । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाएर घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनुनपर्ने विश्वास रहँदै आएको छ ।

बोडेको नीलबाराहीसँग यो जात्रा जोडिएकाले पनि यसलाई निरन्तरता दिन सके बोडे बासिन्दाका लागि शुभ हुने विश्वास रहँदै आएको छ ।  रमेश गिरी/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का