चैत ११, बैतडी । बैतडीको दुर्गम तल्लोस्वराडकी एक महिलाले टाउको नभएको अनौठो बच्चा जन्माएकी छन् । 

मेलौली–६ महारुद्रकी २८ वर्षीया सुनिता पोखरेलले केशरपुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ११, बैतडी । बैतडीको दुर्गम तल्लोस्वराडकी एक महिलाले टाउको नभएको अनौठो बच्चा जन्माएकी छन् । 

मेलौली–६ महारुद्रकी २८ वर्षीया सुनिता पोखरेलले केशरपुर"/>

२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैतडीमा टाउको नभएको बच्चा जन्मिने वित्तिकै मृत्यु

११ चैत्र २०७३, शुक्रबार ११:३२

चैत ११, बैतडी । बैतडीको दुर्गम तल्लोस्वराडकी एक महिलाले टाउको नभएको अनौठो बच्चा जन्माएकी छन् । 

मेलौली–६ महारुद्रकी २८ वर्षीया सुनिता पोखरेलले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा बिहिबार विहान सो बच्चा जन्माएको स्टाफ नर्स जानकी महतोले जानकारी दिनुभयो । 

जन्मिएको बच्चा छोरी रहेको छ, स्टाफ नर्स महतोले भन्नुभयो, “आठ महिनामै सुनिताले जन्माएको बच्चाको टाउको नभएको र जन्मिने बित्तिकै बच्चाको मृत्यु भएको छ ।” 

सुनिताको बच्चाको जन्म भने सामान्यरुपमा नै भएको तर बच्चाको जन्म भइसकेपछि अत्यधिक रक्तस्राव भएको अस्पताल स्रोतले बताएको छ । बच्चा जन्माउन स्वास्थ्य संस्थामा आएको भएपनि सुनिताको कोही पनि नआएका स्टार्फ नर्स महतोले बताउनुभयो । 

उहाँले भन्नुभयो, “घरपरिवार तथा आफन्त कोही नआउँदा रिफर गर्न पनि गाह्रो भएको थियो ।” सुनिताको भने अत्यधिक रक्तस्राव भएकाले बिहीबार बैतडीमा उपचार हुन नसक्दा सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुरा रिफर गरिएको छ । 

पोखरेलको चार महिना हुँदा गर्भ जाँच गराउँदाखेरी नै बच्चाको टाउको नभएको भनेर भने पनि आर्थिक अवस्था कमजोर हुँदा बाहिर जान नसकेको बताइएको छ । आर्थिक अवस्था कमजोर तथा अन्धविश्वासका कारण समयमै अस्पताल नजाँदा यस्तो अवस्था आएको स्थानीयवासी अर्जुन कुँवरले बताउनुभयो । 

उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मीले बच्चाको टाउको नभएको जानकारी दिएपनि धामीझाँक्रीको भरमा परेर अस्पताल नगएका हुन् ।” सुनिताका श्रीमान् करन पोखरेल रोजगारीको सिलसिलामा भारत रहनुभएको छ । सुनिताले यसपटक दोस्रो बच्चाका रुपमा जन्म दिएकी हुन् । 

जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले चार महिनाअगाडि भिडियो एक्स–रे गर्दा नै टाउको नभएको भन्ने थाहा भएको र उपचार गर्न स्वास्थ्य संस्था नआएको बताउनुभयो । 

“गर्भ रहेको चार महिनाभित्र गर्भवती महिलाले कुनै पनि किसिमको औषधि सेवन गर्नु हँुदैन”, उहाँले भन्नुभयो, “केही औषधि सेवन गरेको हुनसक्छ ।” औषधि सेवन गरेर बच्चाको शरीरको मात्रै विकास भएको र टाउकाको नभएको हुनसक्ने भएपनि यो अहिलेसम्म पुष्टि नभएको उहाँले बताउनुभयो । 

बैतडीमा उपचार हुन नसक्दा सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुरा रिफर गरिएकी सुनिताको डडेल्धुरामा पनि रगत नपाउँदा उपचारमा समस्या भएको डाक्टर नवराज जोशीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली