१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवनमा क्यान्सरका कारण चार दिनमा दुई कैदीको मृत्यु

१३ चैत्र २०७३, आईतवार ०६:५८

चैत १३, चितवन । चार दिनमा भरतपुरस्थित जिल्ला कारागारमा कैद भुक्तान गर्दै आएका दुई कैदीको क्यान्सर रोगबाट मृत्यु भएको छ । 

यही चैत ९ गते एकजना क्यान्सर रोगी कैदीको मृत्यु भएकामा शनिबार अर्का एक जनाको क्यान्सरकै कारण ज्यान गएको जिल्ला कारागार चितवनले जनाएको छ । यसरी मृत्यु हुनेमा सन्धुलीका ३५ वर्षीय अर्जुन गिरी र रुपन्देहीका ठगराज पौडेल रहेको जेलर कमल काफ्लेले जानकारी दिनुभयो । 

उहाँका अनुसार गिरी फोक्सोको क्यान्सरबाट पीडित थिए । उपचार कै क्रममा भरतपुर अस्पतालमा उनको मृत्यु भएको हो । उनी जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गर्दै थिए । विसं २०७० सालमा अदालतले उनलाई दोषी ठहर गर्दै २०८० साल माघ १८ गतेसम्मका लागि कैदको आदेश दिएको थियो । 

रामेछापमा कैद भुक्तान गरिरहेका उनलाई क्यान्सर रोग लागेपछि उपचारका लागि केही महिनाअघि चितवन ल्याइएको थियो । यसैगरी २०५४ फागुन १ गते जेल परेका ठगराजलाई २०७३ साल कात्तिक १ गते पाल्पा जेलबाट भरतपुर कारागारमा स्थानान्तरण गरिएको थियो । 

क्यान्सर रोगबाट पीडित पौडेलको शनिबार मृत्यु भएको भरतपुर कारागार प्रमुख कमलप्रसाद काफ्लेले जनाकारी दिनुभयो । पाँच वर्षको अवधिमा भरतपुर कारागारमा ३० जनाको मृत्यु भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का