१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उच्चस्तरीय छानबिन टोली महोत्तरीमा

१३ चैत्र २०७३, आईतवार ०७:२७

चैत १३, गौशाला । पछिल्लो समयमा मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुबारे सोधपुछ तथा उजुरी सङ्कलन गर्न उच्चस्तरीय छानबिन आयोग टोली महोत्तरी आइपुगेको छ । 

तराई, मधेस र थरुहट आन्दोलनका क्रममा भएका घटनाबारे सत्यतथ्य पत्ता लगाउन पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले पूर्व न्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठन गरेको उच्चस्तरीय छानबिन आयोग शनिबार यहाँ पुगेर काम थालेको हो र आइतबार पनि महोत्तरीका पीडितसँग सोधपुछ तथा उजुरी सङ्कलनका काम गर्नेछ । 

संविधान जारी हुनुपूर्व र जारी भएपछि मधेस तथा थरुहटमा भएका आन्दोलनका क्रममा भएका हत्या, हिंसा, तोडफोड, आगजनी तथा मानवअधिकार हननका घटनाबारे जानकारी लिन, पीडित परिवारको समस्या बुझ्न तथा घटनास्थलको स्थलगत निरीक्षण गर्न अध्यक्ष लालसहित आयोगका सदस्य सूर्यप्रसाद कोइराला, नवराज ढकाल, सुखचन्द्र झा, सुजन लोकचनसहित आयोगका कर्मचारी अहिले महोत्तरी जिल्ला दौडाहामा छन् । 

शनिबारदेखि सुरु भएको स्थलगत निरीक्षण चैत १४ गतेसम्म जारी रहने तथा यस क्रममा महोत्तरीमा भएका मानव अधिकार हननसम्बन्धी घटनाको अध्ययन, प्रमाण तथा उजुरी सङ्कलन एवम् सरोकारवालासँग छलफल गरिने आयोगका अध्यक्ष गिरीशचन्द्र लालले बताउनुभयो । 

आयोगका अध्यक्ष लालका अनुसार आयोगमा अहिलेसम्म एक हजार ३०० उजुरी दर्ता भइसकेका छन् । सयौँ उजुरी अझै पनि दर्ता हुन बाँकी रहेको उहाँले स्वीकार गर्नुभयो । 

अन्तक्र्रियामा सहभागी सहिद परिवार, घाइते तथा मोर्चा सम्बद्ध राजनीतिक दलका नेताले आयोगको कामकाजबारे प्रश्न उठाएका थिए । दोषीमाथि कारबाही हुनुपर्ने माग पीडित परिवारले राखेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का