२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२६ सिटभन्दा बढी क्षमत्ताका गाडी सञ्चालनमा रोक

१५ चैत्र २०७३, मंगलवार ०८:४२

चैत १५, म्याग्दी । बेनी–जोमसोम सडकखण्डमा २६ सिट भन्दा बढी क्षमत्ता भएका सवारी साधनको सञ्चालनमा रोक लगाएको छ । 

जिल्ला प्रशासन कार्यालय मुस्ताङले दुर्घटना जोखिम न्यूनिकरणका लागि म्याग्दीको उत्तरी क्षेत्र हँुदै मुस्ताङ जोड्ने उक्त सडकमा ठूला प्रकृतिका सवारी साधनको सञ्चालनमा रोक लगाएको हो । 

मुस्ताङका प्रमुख जिल्ला अधिकारी भिमनाथ पोख्रेलले अञ्चल यातायात व्यवस्था समितिले यस अघिनै गरेको निर्णयलाई अहिले कार्यान्वयनमा ल्याइएको मात्र हो भन्दै सडक डिभिजन कार्यालय वाग्लुङको सिफारिसअनुसार सडकको अवस्था र सुरक्षालाई ध्यानमा राखेर उक्त सडकखण्डमा ठूला प्रकृतिका सवारी साधनको सञ्चालनमा रोक लगाइएको बताउनुभयो । 

७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकखण्डमा यातायात सेवा दिँदै आएका स्थानीय व्यवसायीले बाहिरबाट आउने गाडीका कारण आफ्नो व्यवसाय धरासायी बनेको भन्दै २६ सिट क्षमत्ताको मापदण्ड लागू गराउन दबाब दिँदै आएका थिए । 

अञ्चल यातायात व्यवस्थापन समितिको २०७१ असार १३ गते बसेको बैठकले उक्त सडकखण्डमा २६ जनासम्म सिट क्षमत्ता भएका गाडीलाई मात्र सञ्चालन गर्न दिने निर्णय गरेको थियो । 

यो मापदण्ड लागू भएपछि देशका विभिन्न ठाउँबाट मुस्ताङ जानका लागि बढी सिट क्षमत्ता भएका गाडी ल्याएर आएका पर्यटक तथा तीर्थयात्री अहिले समस्यामा परेका छन् । 

यसअघि अस्थायी रुट अनुमति लिएर आएका सबै प्रकृतिका गाडीलाई सहज रुपमा उक्त सडकखण्ड भएर मुस्ताङ जान आउन दिने गरिएको थियो । शैक्षिक भ्रमणका क्रममा काठमाडौँबाट मुस्ताङ जान आएका राममणि शर्माले उक्त मापदण्डका कारण आफूले ल्याएको गाडी त्यही रोकेर स्थानीय व्यवसायीको गाडी प्रयोग गर्न बाध्य भएको गुनासो गर्नुभयो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख परशुराम जोशीले मुस्ताङबाट बेनी जोमसोम सडकमा २६ सिट भन्दा बढी क्षमत्ताका गाडी सञ्चालन गर्न नदिने निर्देशन आएको बताउनुभयो । पर्यटकीय याम सुरु भएसँगै मुस्ताङ भ्रमणमा जाने आन्तरिक पर्यटक र तीर्थयात्रीको चाप बढे पनि यातायात सेवा असहज हुँदा यात्रुले दुःख पाएका छन् । 

म्याग्दी जिप तथा बस सञ्चालक समितिका सचिव सुमन श्रेष्ठले प्रशासनको निर्देशन अनुसार आफूहरुले २६ भन्दा बढी सिट क्षमत्ता भएका गाडी नचलाएको र बाहिरबाट आएका गाडीलाई पनि मापदण्ड लागू गराउनुपर्ने बताउनुभयो । जोमसोमदेखि बेनी, पोखरा, काठमाडौँ छुट्ने लामो दुरीका सवारी साधनले समेत यही मापदण्ड पालना गरेको उहाँको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य