२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पामा एकै घरका दुई बालकको तालमा डुबेर मृत्यु

२०७३, १५ चैत्र मंगलवार १०:१८

कविता उपाध्याय/चैत १५, रोल्पा । घरबाट विद्यालय जान डिडेका एकै घरका दुई बालकको मंगलबार बिहान रुकुम र रोल्पाको सिमानामा रहेको बागतारे भन्ने स्थानमा तालमा डुबेर मृत्यु भएको छ । 

यसरी मृत्यु हुनेमा रुकुम ७ धरमशालाका विष्णु बुढाकी ११ वर्षिय छोरी सपना बुढा र ९ वर्षका छोरा जीतमान बुढा रहेको इलाका प्रहरी कार्यालय थबाङका प्रहरी नायव निरिक्षक भीमबहादुर सुनारले जानकारी दिनुभयो । 

उहाँका अनुसार रुकुम घर भएका ती बालबालिका थबाङ रोल्पा स्थित वीर बलभद्र मावि थबाङमा नर्सरी र एलकेजीमा अध्ययनरत थिए । 

निर्माणाधीन सडकमा पीलर र ब्लक भिजाउनका लागि बनाएको तालमा उनीहरु डुबेका हुन् । प्रहरीका अनुसार बाटोमा डिडिरहेको भाइ तालमा परेपछि तान्न खोज्दा सपनाको पनि जितमानसंगै तालमा डुबेर मृत्यु भएको हो । 

सपना र उनको ठूलो भाइ जितमान तालमा परेपछि उनका साना भाई निर्मल कराइ कराइ रोएको देखि घर बनाउने काठ लिएर आउदै गरेका छिमेकीहरुले ताल फोडेर सपना र जितमानलाई बाहिर निकाल्न खोज्दा उनीहरुको मृत्यु भइसकेको थियो । 

उनीहरुले तत्काल इप्रका थबाङलाई खवर गरेपछि थबाङबाट प्रनानि सुनारको नेतृत्वमा एक टोली घटना स्थल पुगेको थियो । 

रुकुम र रोल्पाको सीमानामा घटना घटेको हुँदा इलाका प्रहरी कार्यालय काक्री रुकुमको टोलीले हाल घटना स्थल पुगी मुचुल्का उठाउदै छ । करिब साडे एक घण्टा पछि मात्र मुचुल्का तयार गरी पोष्टमार्टमका लागि शव उठाइने प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ