१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पामा एकै घरका दुई बालकको तालमा डुबेर मृत्यु

१५ चैत्र २०७३, मंगलवार १०:१८

कविता उपाध्याय/चैत १५, रोल्पा । घरबाट विद्यालय जान डिडेका एकै घरका दुई बालकको मंगलबार बिहान रुकुम र रोल्पाको सिमानामा रहेको बागतारे भन्ने स्थानमा तालमा डुबेर मृत्यु भएको छ । 

यसरी मृत्यु हुनेमा रुकुम ७ धरमशालाका विष्णु बुढाकी ११ वर्षिय छोरी सपना बुढा र ९ वर्षका छोरा जीतमान बुढा रहेको इलाका प्रहरी कार्यालय थबाङका प्रहरी नायव निरिक्षक भीमबहादुर सुनारले जानकारी दिनुभयो । 

उहाँका अनुसार रुकुम घर भएका ती बालबालिका थबाङ रोल्पा स्थित वीर बलभद्र मावि थबाङमा नर्सरी र एलकेजीमा अध्ययनरत थिए । 

निर्माणाधीन सडकमा पीलर र ब्लक भिजाउनका लागि बनाएको तालमा उनीहरु डुबेका हुन् । प्रहरीका अनुसार बाटोमा डिडिरहेको भाइ तालमा परेपछि तान्न खोज्दा सपनाको पनि जितमानसंगै तालमा डुबेर मृत्यु भएको हो । 

सपना र उनको ठूलो भाइ जितमान तालमा परेपछि उनका साना भाई निर्मल कराइ कराइ रोएको देखि घर बनाउने काठ लिएर आउदै गरेका छिमेकीहरुले ताल फोडेर सपना र जितमानलाई बाहिर निकाल्न खोज्दा उनीहरुको मृत्यु भइसकेको थियो । 

उनीहरुले तत्काल इप्रका थबाङलाई खवर गरेपछि थबाङबाट प्रनानि सुनारको नेतृत्वमा एक टोली घटना स्थल पुगेको थियो । 

रुकुम र रोल्पाको सीमानामा घटना घटेको हुँदा इलाका प्रहरी कार्यालय काक्री रुकुमको टोलीले हाल घटना स्थल पुगी मुचुल्का उठाउदै छ । करिब साडे एक घण्टा पछि मात्र मुचुल्का तयार गरी पोष्टमार्टमका लागि शव उठाइने प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का