२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या २६ सय नाघ्यो

१५ चैत्र २०७३, मंगलवार ११:२०

 चैत १५, अछाम । अछाम जिल्लामा पछिल्लो समयमा स्वास्थ्य संस्थामै गएर सुत्केरी गराउनेको संख्या बढेको पाईएको छ । 

जिल्ला अस्पतालको तथ्यांक अनुसार यस आर्थिक बर्षको सुरु देखी अहिलेसम्म अछाम जिल्लामा २६ सय २३ जनाले स्वास्थ्य संस्थामै गएर सुत्केरी सेवा लिएका छ । जसमा ५२ जनाको शल्यक्रिया मार्फत सुत्केरी गराईएको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयका पहेन संगिता खड्काका अनुसार जिल्ला अस्पतालमा मात्र यस आर्थिक बर्षमा २ सय १२ जना सुत्केरी भएका छन भने १८ जनाको शल्यक्रिमा माफर्त सुत्केरी सेवा लिएका छन ।

यस्तै न्याय हेल्थ नेपालद्धारा संचालित बयालपाटा सामुदायिक अस्पतालमा सुत्केरी गराउनेको संख्या पनि बढेको पाईएको छ । सामुदाियक स्वास्थ्य कार्यक्रम लगायतका जनचेताको प्रभावले यो दर बृद्धि भएको अस्पतालका सामुदायिक स्वास्थ्य कार्यक्रमका प्रमुख लालबहादुर कुवँरले बताउनु भयो । स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढेसंगै अछाममा मातृ तथा शिशु मृत्युदर पनि कम भएको उहाँको भनाई छ ।

 बयालपाटा अस्पतालको तथ्यांक अनुसार अस्पताल स्थापना देखी हालसम्म २८ सय भन्दा बढी जनाले अस्पतालमै सुत्केरी भएका छन । अस्पतालका चिकित्सा सेवा तथा शिक्षा निर्देशक बिकाश गौचनका अनुसार यस आर्थिक बर्षमा मात्र बयालपटा अस्पतालमा सुत्केरी हुनेको संख्या ३ सय ५० भन्दा बढी रहेको छ ।

 घरमै सुत्केरी गराउदा विभिन्न खालका जटिलता हनुे र अप्ठेरो भएमा ज्यान समेत जोखिममा हनु भएकाले सुरक्षित सुत्केरी गराउनका लागी धेरैजसो महिलाहरु अहिले स्वास्थ्य संस्थामा जाने गरेका स्वास्थ्यकर्मीको भनाई छ ।

 यस्तै बयालपाटा अस्पतालमा मात्र शल्यक्रिया मार्फत सुत्केरी हुनेको संख्या २ सय ६० भन्दा बढी रहेको डाक्टर विकाश गौचनले बताउनु भयो । जटिल प्रकारका गभर्भवतीलाई सहजै सुत्केरी हुन नसक्दा शल्यक्रिया मार्फत सुत्केरी गराएर ज्यान बचाउन सफल भएको समेत उहाँले बताउनु भयो । 

अछाम लगायत अन्य पहाडी जिल्लाहरुबाट पाठ्यघर फुट्ने, धेरै रगत बग्ने लगायतका जटिल अवस्थाका सुत्केरी आउन गरेकाले शल्यक्रिया मार्फत सुरक्षित सुत्केरी गराएर आमा र बच्चाको ज्यान बचाउन सफल भएको उहाँको भनाई छ ।

 बयालपाटा अस्पतालले हाल शल्यक्रिया मार्फत सुत्केरी गराउनु पर्ने गर्भवतीका लागी २४ औ घण्टा सेवा दिईरहेको अस्पतालका मेडिकल निर्देशक डाक्टर सन्तोष कुमार ढुंगानाले बताउनु भयो । 

यस्तै जटिल खालका गर्भवती महिलाका साथै अन्य बिरामीलाई शल्यक्रिया मार्फत उपचार दिनका लागी अस्पतालको टिम दिनरात खटिएको समेत उहाँले बताउनु भयो । अछाम जिल्लामा २ अस्पताल, २ प्राथमकि स्वास्थ्य तथा ५७ वटा बर्थिङ सेन्टर रहेका जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ । पूर्णबहादुर खड्काको सहयोगमा 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो