२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

सुदूरपश्चिमका पहाडी जिल्लामै पहिलो डडेल्धुरा जिल्लामा ग्रामिण सडक कालोपत्रे शुरु

२०७२, २ पुष बिहीबार १५:३१

ललित बोहरा, पुष २, डडेल्धुरा / सुदूरपश्चिमका पहाडी जिल्लामै पहिलो डडेल्धुरा जिल्लामा ग्रामिण सडक कालोपत्रे शुरु भएको छ ।

बागवजार वगरकोट सडक खण्ड अन्र्तगत जिल्ला सदरमुकाम देखी बगरकोटको डुङरी सम्मको १८ किलोमिटर सडक मध्ये ६.७ किलोमिटर सडक कालोपत्रे हुन थालेको हो । ग्रामिण पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजनाको आर्थिक सहयोगमा १३ करोड ३९ लाख रुपैंयाको लागतमा सडक कालोपत्रे हुन थालेको छ ।

वाँकी ११.३ किलोमिटर सडकको समेत डिटेल सर्वे भईसकेको र अर्को चरणमा कालोपत्रे गरीने सरकारी अधिकारीले वताएका छन् । वागवजार –वगरकोट सडक खण्ड अन्र्तगत विरादे सम्म कालोपत्रे गनृका लागि काम शुरु भईसकेको जिल्ला प्राविधिक कार्यालय डडेल्धुराका निमित्त प्रमुख दिपक ओझाले वताउनु भयो । ‘ सडक कालोपत्रे गर्नका लागि निर्माणको जिम्मेवारी पाएको निर्माण कम्पनीले काम शुरु गरेको छ तर भारतको अघोषित नाकावन्दीका कारण ईनधनको प्रयाप्तता नहूँदा केही समस्या आएको छ ।’

निमित्त प्रमुख ओझाले भने । दुई वर्ष भित्रै कालोपत्रे गर्ने काम सम्पन्न हुन सक्छ । कालोपत्रेका लागि निर्माणको जिम्मेवारी पाएको निर्माण कम्पनीले २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी काम शुरु गरीसकेको छ ।

उक्त सडकवाट जिल्लाको वगरकोट, रुपाल, भागेश्वर, देवल दिव्यपुर, चिपुर, लगाएत बैतडी जिल्लाका तल्लो स्वराड क्षेत्रका १० गाविसका लाखौं स्थानिय वासीन्दा लाभान्वित हुने भएका छन् ।

सडक कालोपत्रे हुन थालेपछि सो क्षेत्रका स्थानिय वासीन्दा खुसी भएका छन् । सडक निजर्माण शुरु भएको झण्डै २५ वर्ष पछि कालोपत्रे हुन थाले पछि स्थानिय वासीन्दा खुसी भएका छन् ।

‘सडक कालोपत्रे भए संगै वाह्ै महिना सहज रुपमा यातायात संचालन हुँदा आफुहरुले उत्पादन गरेका कृषि जन्य पदार्थ वजार सम्म लैजानुका साथै विरामीलाई उपचारका लागि सदरमुकाम सम्म लैजान सकिन्छ ।’ वगरकोटका भोज भट्ट ले । यती मात्रै नभई डुङरी सम्मको सडक लाई कालोपत्रे गर्नु आवश्यक रहेको समेत स्थानिय वासीन्दा भट्टले भने ।

डडेल्धुरा जिल्ला मात्रै नभई बैतडीका तल्लो स्वराड क्षेत्रका १३ गाविसका लाखौ स्थानिय वासीन्दाको समेत सहज यातायातका लागि यो सडक आवश्यक भएकाले पुरै १८ किलोमिटर सडक कालोपत्रे गर्नु पर्ने बैतडीको तल्लो स्वराडका स्थानिय वासीन्दाले समेत माँग गरेका छन् । यसैगरी दोस्रोचरणमा वाँकी सडक कालोपत्रे गरीने जिल्ला प्राविधिक कार्यालय डडेल्धुराले जनाएको छ ।

सन २०१७ सम्म आर्थात दुई वर्षको अवधीमा निर्माण सम्पन्न गरिसक्नु पर्ने जिम्मेवारी पाएको राजेन्द्र निर्माण सेवाले भने नाकावन्दीका कारण ईन्धनको आपुर्ती हुन नसक्दा काम गर्नमा ढिलाई भईरहेको वताएको छ । डडेल्धुरा जिल्ला मात्रै नभई सुदुरपश्चिमका पहाडि जिल्लामै वागवजार–वगरकोट सडक पहिलो ग्रामिण सडक कालोपत्रे हुन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल