२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

छाउपडी प्रथाको न्यूनिकरणका लागि धामीझाक्रीलाई तालिम

२०७२, ३ पुष शुक्रबार ०३:०८

पुष्कर भण्डारी/पुस ३, डडेल्धुरा । डडेल्धुरा जिल्ला लगायत सुदुरपश्चिममा रहेको छाउपडी प्रथा न्यूनिकरणका लागि डडेल्धुरा जिल्लामा धामीझाक्रीलाई तालिम दिन थालिएको छ ।

डडेल्धुरा जिल्ला स्थित सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले छाउपडी प्रथाको न्यूनिकरणका लागि गाउ गाउमा गएर धामी झाक्रीहरुलाई तालिम दिईन थालिएको हो ।

यस क्षेत्रमा अन्ध विश्वासको रुपमा रहेको छाउपडी प्रथालाई न्यूनिकरणका लागि धामीझाक्रीको महत्वूर्ण भुमिका हुने भएकाले जनचेतना जगाउनका लागि तालिम दिईन थलीएको महिला विकास कार्यालय डडेल्धुराका अधिकृत सारदा भट्टराईले बताउनु भएको छ ।

डडेल्धुरा जिल्लामा रहेका धामी झाक्रीहरुलाई नै तालिम दिई छाउपडी प्रथालाई न्यूनिकरणका लागि समाजमा जनचेतना जगाईन थालिएको छ ।

छाउपडी आर्थात नछुने भएका समयमा घरभित्र सुते अर्थात धारा छोएमा देउता रिसाउछन् भन्ने मान्यता रहेकाले धामीझाक्रीहरुलाई जनचेतना जगाईन थालीएको छ ।

छाउपडी प्रथा अर्थात नछुने भएका यस क्षेत्रका महिलाहरु घर वाट टाढा वनाइएको गोठमा सुत्ने गरेको भएपनि केही समय यता भने यस क्षेत्रमा छाउपडी प्रथा सम्वन्धी जनचेतना संगै घरमै अल्गै वनाइएको कोठमा सुत्ने गरेका छन् ।

अझै पनि यस क्षेत्रमा छाउपडी अर्थात नछुने भएको पाँच दिन सम्म र सुत्केरी महिलाहरुलाई धारा नछुने देखी दुधदही समेत खान दिईदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल