२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

कुखुरापालक किसानलाई समस्या

१९ चैत्र २०७३, शनिबार ०८:५३

चैत १९, मोरङ । पथरी शनिश्चरे नगारपालिका – १२ का राजिव खड्काले नजिकैको सहकारीबाट घर धितोमा राखेर रु तीन लाख ऋण लिई ब्रोइलर कुखुरा पाल्नका लागि आधुनिक खोर निर्माण गर्नुभयो । 

होटल व्यवसाय छोडेर सुरु गरेको ब्रोइलर कुखुरा पाल्न व्यवसायमा नाफाको सट्टा घाटा व्यहोर्नु परेपछि अहिले उनी यो व्यवसाय नै त्याग्नु भएको छ । 

‘एक वर्षअघि लिएको ऋणको ब्याज तिर्दैछु,’ उहाँले भन्नुभयो– ‘कुखुरा पालेर ऋणमा परें ।’ ६ सय कुखुरा अट्ने खोर अहिले खाली छ, खड्काले भन्नुभयो– कुखुरा सप्लायर्सका कारण आफूहरुले मूल्य नपाउँदा घाटा व्यहोर्नु परेको हो । 

पथरी शनिश्चरेकै वडा नं ११ का प्रकाश माझीले एक वर्षजति ६ सय ब्रोइलर कुखुरा पालें तर नाफाको सट्टा घाटा बढ्दै गएपछि उहाँले पनि उक्त व्यवसाय छोडेर विदेश जाने तयारीमा हुनुहुन्छ । 

‘खोर निर्माण र कुखुरालाई खुवाएको दानाको रकम तिर्न सकिन, विदेश जाने सोचमा छु,’ उहाँले भन्नुभयो, “हामीले पालेको कुखुराको मूल्य अरुले तोकेको आधारमा हुने भएका कारण समस्या भयो ।” 

कुखुरापालक किसानको हितका लागि खोलिएका सङ्घ संस्थाले पनि केही गर्न नसकेको गुनासो उनीहरुको छ । ‘सामान्यतया ६ सय कुखुरा पाल्नका लागि खोर निर्माण गर्न रु एक लाखदेखि डेढ लाखसम्म लाग्छ,’ कुखुरा व्यवसायी विनोद शर्माले भन्नुभयो –‘खोरको लगानीबाहेक ६ सय कुखुरालाई बेच्ने अवधिसम्ममा झन्डै रु एक लाख ७० हजार लागत खर्चपर्छ, तर बिक्री गर्दा रु एक सय ८० देखि रु. एक सय ९० किलोग्रामले बेच्दा पनि लागत उठ्दँैन । 

चल्ला तथा दानाको मनपरी मूल्य निर्धारण गर्ने तर उत्पादित ब्रोइलर कुखुराको मूल्य पनि तिनै बिचौलियाले गरिदिँदा किसान मारमा परेको गुनासो उनीहरुको छ । 

बजारमा उपभोक्ताले कम मूल्यमा कुखुराको मासु पाउँदैनन् । कुखुरापालक किसानमाथि ह्याचरी, दाना उत्पादक तथा दाना डिलरले सिन्डिकेट लगाएर आफूहरुलाई मार पारिरहेको किसानको दाबी छ । 

जिल्ला कृषि विकास कार्यालय मोरङका प्रमुख मनोज यादवले कृषि कार्यालयले न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो । 

‘सुली र बोरा बेचेर कुनै पनि किसानको जीविका चल्दैन,’ कुखुरापालक किसान राजेश तामाङले भन्नुभयो, “सरकारले कुखुरापालक व्यवसायका लागि लोककल्याणकारी नीति बनाउनु आवश्यक छ । कुखुरा व्यवसाय सञ्चालनका लागि चल्ला र दानाले मात्रै नपुग्ने भएको कारण अन्य कच्चा पदार्थ औषधि, सोत्तर (भुसा) बिजुली, खोर निर्माण, जग्गा भाडा, ढुवानी र कामदारको ज्याला तिरेर उत्पादन गरेको कुखुराको लागत मूल्य अनुसारको मूल्य निर्धारण सरकारले गर्नुपर्ने माग किसानको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य