Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

रेडियोको बार्षिकोत्सवमा सहयोग वितरण

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत २१, सल्यान । सल्यानको रेडियो तहल्काले आज आफ्नो दोस्रो बार्षिकोत्सव मनाएको छ ।

रेडियो आज एक अपाङ्ग बालकलाई नगद सहित शैक्षिक सामाग्री प्रदान गरेर आफ्नो बार्षिकोत्सव मनाएको हो । कुपिण्डेदह वडा नं. १ थारा स्थायी ठेगाना भई हाल शारदा नगरपालिका २ खलंगामा बस्दै आएका कृष्ण बहादुर कामीका अपांग छोरा भागिराम वि.क.लाई शैक्षिक सामाग्री र १५ सय रुपैयाँ दिएर मनाएको रेडियोका स्टेशन म्यानेजर डिल्लीराज रावतले जानकारी दिएका छन ।

२०६३ असार २६ मा जन्मिएका भागिरामको जन्मजात घुडा भन्दा तल हड्डी नभएको र ६ इन्च कम भएकाले ८ बर्षको हुदा काटेर कृतिम खुट्टा राखिएको छ ।

अहिले खलंगामा रहेको बाल शिक्षा मन्दिरमा कक्षा ४ मा अध्ययन गरिरहेका भागिरामको पठनपाठनमा सहयोग मिलोस भनेर सहयोग रकम हस्तान्तरण गरिएको हो । रेडियो परिवार बालकको घरमा नै पुगेर शैक्षिक सामाग्री र रकम वितरण गरेका हुन ।

सहयोग हस्तान्तरण कार्यक्रममा रेडियोका स्टेशन म्यानेजरले आफुहरुले अन्य औपचारीक कार्यक्रमहरु विभिन्न समयमा गर्दै आएकोले यस्ता समयमा पिडितलाई थोरै भएपनि राहत हवस भनेर बार्षिक उत्सवका लागि छुट्याएको रकमबाट नै गरिव परिवारलाई सहयोग गरेको बताएका छन ।

त्यस्तै खलंगामा अस्थायी टहरा बनाइ घुम्तीमा तरकारी र मासु पसल संचालन गर्दै आएका परिवारजनले यो शैक्षिक सामाग्री र रकमले बच्चाको पठनपाठनमा सहयोग हुने भन्दै रेडियो तहल्कालाई धन्यवाद दिएका छन ।

२०७१ चैत्र २१ गतेदेखि प्रशारण गरेको रेडियो तहल्काले दैनिक १६ घण्टा आफ्नो प्रशारण गर्दै आएको छ । खबर, जनजागरण र मनोरञ्जनका लागि रेडियो तहल्का भन्दै शुरु भएको रेडियो तहल्काले हरेक घण्टा स्थानिय तथा राष्ट्रिय समाचार प्रशारण गर्दै आएको छ ।