Skip to content
Friday, July 17, 2026 Nepali Online Media

घरेलु काममा बालश्रमिकको प्रयोग बढी

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत २२, चितवन । चितवनको रत्ननगर क्षेत्रमा अझै ४२९ जना बालश्रमिक भेटिएका छन् ।

सन् २०१७ भित्र रत्ननगर नगरपालिकालाई बालश्रममुक्त घोषणा गर्ने लक्ष्यसहित यहाँ गरिएको सर्वेक्षणमा यस्तो पाइएको रत्ननगर उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष ज्ञानबहादुर विसुरालले जानकारी दिनुभयो ।

जसका कारण नगरलाई सन् २०१७ भित्र बालश्रममुक्त र सन् २०१९ भित्र बालमैत्री नगर बनाउन चुनौती देखिएको छ ।

बाल संरक्षण र बालश्रम न्यूनीकरण कार्यक्रम सञ्चालन गर्दै आएको रत्ननगर उद्योग वाणिज्य सङ्घले केही महिनादेखि यहाँ सर्वे गरेको हो । रत्ननगरमा यसअघि ५८४ जना श्रमिक बालबालिका थिए । यहाँ श्रम न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिएकाले हाल १५६ जना मात्रै बालश्रमिक घटेको पाइएको छ ।

रत्ननगर उद्योग वाणिज्य सङ्घका सल्लाहाकार कपिलदेव सुवेदीका अनुसार कुल श्रमिक बालबालिकामध्ये ५६ दशमलव ६ प्रतिशतअर्थात् २३० जना बालबालिका चितवन स्थायी घर भएका छन् भने १० प्रतिशतअर्थात् ४३ जना रत्ननगर नै स्थायी घर भएका छन् । अरु मकवानपुर, धादिङ, गोरखा र भारतमा श्रमिक भेटिएका छन् ।

तीमध्य सबैभन्दा धेरै घरायसी श्रममा बालबालिका पाइएको तथ्याङ्कमा उल्लेख छ । उनीहरुले मासिक एक हजारदेखि १० हजारसम्म तलब खाने गरेको अध्ययनले देखाएको छ । एक घन्टादेखि १४ घन्टासम्म उनीहरुले श्रम गर्न बाध्य छन् ।

रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत अमरनाथ ढकालले बालश्रमिक राख्नु गैरकानुनी रहेको उल्लेख गर्दै समुन्नत समाज निर्माणका लागि सबैको हातेमालो जरुरी रहेको बताउनुभयो ।

कानुनअनुसार १४ वर्षमुनिका बालबालिकालाई कुनै पनि श्रममा तथा १४ देखि १८ वर्षसम्मका बालबालिकालाई निकृष्ट काममा लगाउन पाइँदैन ।

सङ्घका अध्यक्ष ज्ञानबहादुर विसुरालले सार्वजनिक गरिएको तथ्याङ्कले बालबालिकको क्षेत्रमा भावी कार्ययोजना बनाउन मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभयो । रासस