२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दी जिल्लाको स्वास्थ्य चौकीमै सुरक्षित गर्भपतन सेवा

२०७३, २५ चैत्र शुक्रबार ०३:२७

चैत २५, बेनी (म्याग्दी) | म्याग्दी जिल्लाका स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतनलाई सहज बनाउन सुविधा थपिएपछि सेवा लिनेको सङ्ख्या बढेको छ । 

विगतमा गर्भपतनका बारेमा समाजमा हल्ला फैलने त्रासका कारण अविवाहित र विवाहित महिलाले निजी क्लिनिकबाट औषधि खरिद गरी जोखिमपूर्ण तरिकाले प्रयोग गर्ने गरेका घटना सार्वजनिक हुने गरेका थिए । 

पछिल्लो एक वर्षयता जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, दरवाङ र १२ वटा स्वास्थ्य चौकीमा रहेका सुरक्षित गर्भपतन केन्द्रमा पु्गेर सेवाग्राहीले सेवा लिन थालेपछि असुरक्षित गर्भपतन गर्नेको सङ्ख्यामा ह्वात्तै कमी आएको स्वास्थ्यकर्मीको भनाइ छ । 

जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरी ‘आइपास’ नामक संस्थाले जिल्लामा आधुनिक सेवासँगै ग्रामीणस्तरमा विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएपछि लुकिछिपी सेवा लिनेको सङ्ख्यामा उल्लेखनीय सुधार आएको आइपास नेपालकी जिल्ला संयोजक उपमा बरालले बताउनुभयो । 

“असुरक्षित गर्भपतनलाई न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । हरेक तीन महिनामा सेवाग्राहीको समस्या र सेवाका बारेमा छलफलसमेत हुन्छ”, बरालले भन्नुभयो । उहाँले ग्रामीण क्षेत्रमा सेवाका बारेमा जानकारी नभएकै कारण वा स्वास्थ्य संस्थामा पहुँच, त्रासलगायतले असुरक्षित गर्भपतन र मानवीय दुर्घटनाका घटनासमेत हुने गरेको अवस्थामा सेवाग्राहीको परिचयलाई गोप्य राखेर समेत सेवा उपलब्ध गराइएको जानकारी दिनुभयो । 

यसैबीच, सेवालाई प्रभावकारी बनाउन डा रोशन न्यौपानेको नेतृत्वमा बेनी नगरपालिकाको सिङ्गा तातोपानीस्थित स्वास्थ्य चौकीको समेत अनुगमन गरिएको छ । अनुगमनका क्रममा सुविधा थपिएपछि स्वास्थ्य चौकीबाट १३ जनाले सेवा लिएको पाइएको छ जसमा २४ वर्षमुनिका एक र गर्भपतन गरेर नियमित अस्थायी साधन प्रयोग गरिरहेका सातजना रहेको तथ्याङ्कमा उल्लेख छ । 

अघिल्लो तीन महिनामा सामान्य पूर्वाधार भएका कारण सेवा लिन सदरमुकाम बेनी जाने गरेका थिए । जिल्लामा गत आर्थिक वर्षमा एकहजार दुईसय ८१ जनाले स्वास्थ्य केन्द्रमा पुगेर सेवा लिएका थिए । सुरक्षित प्रसूति सेवाबाट बच्चा जन्माउने र पतन गर्ने करिब एउटै सङ्ख्या रहेको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई