२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दी जिल्लाको स्वास्थ्य चौकीमै सुरक्षित गर्भपतन सेवा

२५ चैत्र २०७३, शुक्रबार ०३:२७

चैत २५, बेनी (म्याग्दी) | म्याग्दी जिल्लाका स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतनलाई सहज बनाउन सुविधा थपिएपछि सेवा लिनेको सङ्ख्या बढेको छ । 

विगतमा गर्भपतनका बारेमा समाजमा हल्ला फैलने त्रासका कारण अविवाहित र विवाहित महिलाले निजी क्लिनिकबाट औषधि खरिद गरी जोखिमपूर्ण तरिकाले प्रयोग गर्ने गरेका घटना सार्वजनिक हुने गरेका थिए । 

पछिल्लो एक वर्षयता जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, दरवाङ र १२ वटा स्वास्थ्य चौकीमा रहेका सुरक्षित गर्भपतन केन्द्रमा पु्गेर सेवाग्राहीले सेवा लिन थालेपछि असुरक्षित गर्भपतन गर्नेको सङ्ख्यामा ह्वात्तै कमी आएको स्वास्थ्यकर्मीको भनाइ छ । 

जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरी ‘आइपास’ नामक संस्थाले जिल्लामा आधुनिक सेवासँगै ग्रामीणस्तरमा विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएपछि लुकिछिपी सेवा लिनेको सङ्ख्यामा उल्लेखनीय सुधार आएको आइपास नेपालकी जिल्ला संयोजक उपमा बरालले बताउनुभयो । 

“असुरक्षित गर्भपतनलाई न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । हरेक तीन महिनामा सेवाग्राहीको समस्या र सेवाका बारेमा छलफलसमेत हुन्छ”, बरालले भन्नुभयो । उहाँले ग्रामीण क्षेत्रमा सेवाका बारेमा जानकारी नभएकै कारण वा स्वास्थ्य संस्थामा पहुँच, त्रासलगायतले असुरक्षित गर्भपतन र मानवीय दुर्घटनाका घटनासमेत हुने गरेको अवस्थामा सेवाग्राहीको परिचयलाई गोप्य राखेर समेत सेवा उपलब्ध गराइएको जानकारी दिनुभयो । 

यसैबीच, सेवालाई प्रभावकारी बनाउन डा रोशन न्यौपानेको नेतृत्वमा बेनी नगरपालिकाको सिङ्गा तातोपानीस्थित स्वास्थ्य चौकीको समेत अनुगमन गरिएको छ । अनुगमनका क्रममा सुविधा थपिएपछि स्वास्थ्य चौकीबाट १३ जनाले सेवा लिएको पाइएको छ जसमा २४ वर्षमुनिका एक र गर्भपतन गरेर नियमित अस्थायी साधन प्रयोग गरिरहेका सातजना रहेको तथ्याङ्कमा उल्लेख छ । 

अघिल्लो तीन महिनामा सामान्य पूर्वाधार भएका कारण सेवा लिन सदरमुकाम बेनी जाने गरेका थिए । जिल्लामा गत आर्थिक वर्षमा एकहजार दुईसय ८१ जनाले स्वास्थ्य केन्द्रमा पुगेर सेवा लिएका थिए । सुरक्षित प्रसूति सेवाबाट बच्चा जन्माउने र पतन गर्ने करिब एउटै सङ्ख्या रहेको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ