चैत २५, सर्लाही । साँझ पखको समय थियो । सधैं हँसिलो रहने पथरकोट ३ की ल्यास्याङ्ग मायाको परिवारका सदस्य निराश छन् । 

उनीहरु  निराश हुन थाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २५, सर्लाही । साँझ पखको समय थियो । सधैं हँसिलो रहने पथरकोट ३ की ल्यास्याङ्ग मायाको परिवारका सदस्य निराश छन् । 

उनीहरु  निराश हुन थाल"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भोलि घर आउँछु भनेका श्रीमानले जेल परें भनेर फोन गरेपछि…

२०७३, २५ चैत्र शुक्रबार ०९:१२


चैत २५, सर्लाही । साँझ पखको समय थियो । सधैं हँसिलो रहने पथरकोट ३ की ल्यास्याङ्ग मायाको परिवारका सदस्य निराश छन् । 

उनीहरु  निराश हुन थालेको तीन महिना जति भयो । ल्यास्याङ्ग आमा छोरा दुवै सँगै बसिरहेका थिए । श्रीमान् चन्द्रबहादुर कल्तानको कुरा निकाल्ने बितिकै छेउमा बसेका छोरा पेमाको अनुहार मलिन भयो । ल्यास्याङ्ग मायाले नरोउ बाबु भन्दै अँगालो मारिन् । एकछिन वातावरण शान्त भयो ।

ल्यास्याङ्ग मायाले भन्नुभयो ‘जिन्दगी जिउन सहज नहुने रहेछ । परिवार र छोराहरुको लागि घटनालाई नजरअन्दाज गरेर पीडा सहेर भएपनि सहज मान्नु पर्दो रहेछ ।’ तीन महिना अघि पुस २६ गते आज त मेरो ड्युटीको अन्तिम दिन हो बुढी भोलि म घर आउँछु भनेर श्रीमान् चन्द्रबहादुरले फोन गरेको कुरा अहिले पनि  ल्यास्याङ्ग मायाको कानमा गुन्जिरहेको छ ।

तर आउँछ भनेको दिन श्रीमानले ल्यास्याङ्गलाई फोन गर्नुभयो । त्यसैले उहाँले यतैबाट फोन गर्नुभयो, तर फोन लागेन । यो क्रम चार दिनसम्म रहिरह्यो । चार दिनसम्म पनि श्रीमान्को फोन नउठेपछि ल्यास्याङ्ग मात्रै होइन पुरै परिवार नै आत्तिए । पाँच दिनपछि ल्यास्याङ्गलाई श्रीमानले फोन गर्नुभयो तर आउने समय बताउनुभएन । जेलमा परेको छु पो भन्नुभयो । ‘उहाँको आवाज सधैं भन्दा भिन्न थियो । रुन्चे स्वरमा बुढी म जेलमा परेको छु मलाई चाँडो निकाल भन्नुभयो त्यसपछि त म रिङगटा लागेर थुचुक्कै बसेंछु ।’

त्यतिबेला बेहोस जस्तै भएकी ल्यास्याङ्ग केही समयपछि त्यही नम्बरमा फोन गर्दा श्रीमान जेल पर्नुको कारण थाहा पाउनुभयो । ‘कम्पनीको गाडी छोडेर ट्वाइलेट गएका बेला गाडी चोरिएपछि त्यही आरोपमा प्रहरीले पक्रेको रहेछ ।’ ल्यास्याङ्गले सुनाउनुभयो ‘अहिले त  प्रहरी र कम्पनीको साहु मिलेर गाडी बेचेर खाएको आरोप लगाएका छन रे ।’ तर ल्यास्याङ्गलाई श्रीमानले आफूलाई गाडी नबेचेको भन्दै जेलबाट निकाल्न आग्रह गरिहरनुभएको छ ।

उहाँ आफैंले केही गर्न सक्ने कुरै थिएन । त्यसैले अहिले उहाँले सर्लाहीको हरिऔनमा रहेको सूचना केन्द्रमा पुगेर निवेदन दिनुभएको छ । सूचना केन्द्रले उहाँलाई श्रीमानको उद्धारका लागि प्रयास गर्ने आश्वासन दिएको छ । यो आश्वासनले केहीदिन त मन हलुङगो भएको थियो ल्यास्याङ्गको तर तीन महिनासम्म पनि केहि खबर नआएपछि त्यो आशा निरासामा बद्लिएको । त्यसैले उहाँ श्रीमानलाई घर झिकाइदिने व्यक्ति र संस्थाको पर्खाइमा हुनुहुन्छ । 

छोरालाई शिक्षकको आश्वासन— तिम्रो बुवा आम माफीमा फर्किन्छन् 

चन्द्रबहादुरका छोरा पेमा अहिले ३ कक्षामा पढ्छन । उनका बुवा साउदीमा जेल परेको कुरा स्कूलका शिक्षकलाई थाहा छ । परिवारका सबै आत्तिएका छन् । तर शिक्षकहरुले दिने आश्वासनले पेमालाई बुवा घर फर्किनुहुन्छ भन्ने आशा पनि छ । ‘शिक्षकहरुले अब साउदीमा आम माफि सुरु भएकाले तिम्रो बुवा फर्किनुहुन्छ भन्नुहुँदो रहेछ मलाई आएर त्यही कुरा सुनाउँछ’ ल्यास्याङ्गले भन्नुभयो । 

तर रेडियोमा उहाँले आममाफीको योजना कम्पनी छोडेर भागेर काम गर्ने र काम गर्ने क्रममा श्रम अवधी भन्दा बढि बसेका कामदारहरुलाई मात्रै हो भन्ने सुन्नुभएको छ । त्यसैले छोराले भने जसरी श्रीमान फर्किन पाउलान् भन्ने लाग्दैन । -उज्यालो अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी