११ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बाँसका सामग्री बनाएर जीविका चलाउँदै दलित समुदाय

२६ चैत्र २०७३, शनिबार ०९:४६

चैत २६, कञ्चनपुर । कञ्चनपुर दैजी– ८ चम्फापुरका दलित समुदायले बाँसका सामग्री बनाउने पेसाबाट परिवारको खर्च जुटाउँदै आएका छन् । बाँसका चोयाबाट भकारी, डोको, नाङ्लो र टोकरीलगायतका समग्री बनाएर यहाँका दलित समुदायले सहजरुपमा परिवारको खर्च चलाउँदै आएका छन् । 

गाँउ नजिकैको जयशङ्कर सामुदायिक वनबाट बाँस खरिद गरी उनीहरुले बाँसका सामग्री बनाउँदै आएका हुन् । ती सामग्री बनाएर उनीहरु मासिक रु दश हजारदेखि १५ हजारसम्म आम्दानी गर्दै आएका छन । सामुदायिक वनबाट प्रति बाँस रु ५० का दरले खरिद गरी त्यसबाट विभिन्न सामग्री बनाउँदै आएको स्थानीय बजिर लुहारले बताउनुभयो । 

चालीस वर्ष अघिदेखि परम्परागत सीपको प्रयोग गरी बाँसका सामग्री बनाउँदै आएका लुहारले बाह्रजनाको परिवारको खर्च यस पेसाबाट धान्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ, “परम्परागत पेसालाई व्यावसायिक रुपमा अगाडि बढाउन सके यसबाट पनि राम्रो आम्दानी लिन सकिन्छ, त्यसैले यस्ता पेसालाई निरन्तरता दिनु जरुरी छ ।” 

एउटै छाप्रोमा बस्दै आएका लुहारले परिवारका लागि चाहिने आवश्यक खाद्यान्न सामग्री र बालबालिकालाई विद्यालय पठाउने खर्च यसै पेसाबाट धान्दै आएको उहाँले बताउनुभयो । 

बाँसका सामग्रीको बजारमा अधिक माग भए पनि माग अनुरुप बाँसको प्रर्याप्त उपलब्धता नहँुदा सामग्री आपूर्तिमा कठिनाइ हुनेगरेको अर्का व्यवसायी सोवी कोलीले बताउनुभयो । बाँसका सामग्री परिवर्तीत समय अनुसारको डिजायनमा बनाउन सके यसबाट मनग्य आम्दानी गर्न सकिने उहाँको भनाइ छ । 

परम्परागत सीप भएकाले यो पेसा पलायन हुनुभन्दा यसलाई आधुनिकीकरण गरी समय सापेक्ष बनाउन सकेमा चाहे जस्तो आम्दानी लिन सकिने स्थानीय हरदेव कोलीले बताउनुभयो । 

पेसाकै कारणले समाजमा अपहेलित हुनुपर्ने भन्दै युवापीढिले परम्परागत पेसालाई अपनाउनु भन्दा भारतमा मजदुरी गर्न जाने गरेका छन् उहाँले भन्नुभयो, “पेसालाई व्यावसायिक बनाए अपहेलित हुनुपर्दैन ।” भारतमा मजदुरी गरेको भन्दा घरमै बसीबसी त्यसभन्दा तेब्बर आम्दानी गर्न सकिने दावी उनको छ । 

बाँसका सामग्री बनाउनका लागि आवश्यक लगानी नपाउँदा समेत धेरैले यो पेसालाई छोडिसकेका छन्, राष्ट्रिय मुक्त हलिया समाजका अध्यक्ष शिवी लुहारले भन्नुभयो– “बैँक वा अन्य ऋण प्रदान गर्ने निकायमा धितो राख्नका लागि जग्गा नहँुदा सीप भएर पनि दलित समुदायका व्यक्तिले कर्जा पाउँदैनन् ।” 

“कर्जा तिर्ने हैसियत नभएको भन्दै साहु महाजनले पनि ऋण नपत्याउने भएकाले यो व्यवसायलाई आधुनिकीकरण गरी विस्तार गर्न दलित समुदाय सामु ठूलो चुनौती खडा भएको छ” उहाँले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शुक्रबार साँझदेखि अर्को मौसम प्रणाली भित्रिँदै, कहाँ-कहाँ पर्ला पानी ? रोकिएका आयोजनालाई सरकारले अगाडि बढाउँछ : ऊर्जामन्त्री खड्का अवैध ९२ लाख रुपैयाँको अनुसन्धान गर्दा ‘आफ्नै श्रीमती बेच्ने व्यक्ति’ खुलेपछि… ‘केपी ओलीले एमालेबाट निकालेका’ भीम रावल अब के गर्छन् ? लगनगाँठोमा कसिदै नेपाली क्रिकेटर दाजुभाइ आरिफ र आसिफ शेख आसिफ र आरिफलाई गृहजिल्लामा सम्मान कान्तिपुर मिट हाउसमा म्याद नाघेको मासु, महानगरले गर्‍यो नष्ट रूपन्देहीमा १४ वर्षीया बालिका बलात्कारकाे आराेपमा एक युवक पक्राउ शोभा पाठकलाई साइबर क्राइममा ५ वर्ष कैदको माग गर्दै मुद्दा दर्ता भीम रावलले नयाँ पार्टी खोल्ने एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका विपिन शर्मालाई स्वस्तिमाले दिइन् आइफोन गिफ्ट रवि लामिछानेसँग बयान सुरु भीम रावल लगायतलाई कारबाही गर्नुअघि ओलीले सचिवालय बैठकमा के भने ? आईसीसीद्वारा विराट कोहलीलाई कारबाही सिचुवान एयरलाइन्सले पोखरामा गर्‍यो चार्टर उडान, अब नियमित उडान गर्ने खाग तस्कर पक्राउ गर्न हेटौंडामा ५ राउड हवाई फायर, एक जना पक्राउ १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ युनाइटेड एयरलाइन्सको विमानमा युवकको शव फेला आज कतिमा हुँदैछ सुनचाँदी कारोबार ? मोरङ सामूहिक बलात्कार : पक्राउ परेका तीन जनाविरुद्ध तीन मुद्दामा अनुसन्धान