२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

एकीकृत घुम्ती शिविर सम्पन्न

२०७३, २७ चैत्र आईतवार १३:३५

कृष्ण कँडेल | चैत २७,  बागलुङ | जिल्ला प्रसाशन कार्यालय बागलुङ तथा जिल्लाका बिषयगत कार्यालयको आयोजनमा एकीकृत घुम्ती शिविर ढोरपाटन नगरपालिकाको बोबाङमा आज भएको छ ।

शिविरमा जिल्ला प्रशासन कार्यालयाट नागरिकता प्रदान, महिला तथा बालकालिका कार्यालयबाट ज्यष्ठ नागरिक परिचयपत्र, अपाङ्गता परिचय पत्र प्रदान, स्वास्थ्य कार्यालयबाट निशुल्क स्वास्थ्य शिविर सहित कृषिकार्यालय तथा पशुसेवा कार्यालयसँग सम्बन्धित सेवा दिर्ईको थियो । 

विशरको सुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले दुर्गम गाउँका नागरिकलाई गाउँकै पायक पर्ने स्थानबाट सेवा दिने उदेश्यले सिविर आयोजना गरिएको बताउनुभयो । उहँले स्थानिय तहको व्यवहारिक कार्यान्वयनसँगै गाउँटोल नजिकैको कार्यालयबाट धेरै सेवा प्राप्त गर्नसकिने उल्लेख गर्नुभयो । 

शिविरबाट ७१ जनालाई नागरिकता प्रदान गरिएको छ । जिल्ला पशुसेवा कार्यालय मार्फत १ सय ९२ कृषकका ३ हजार ३ सय ५५ पशुको उपचार तथा औषधि प्रदान गरिएको छ । शिविरबाट ज्यष्ठ नागरिक तथा अपाङ्ता परिचय पत्र, निशुल्क स्वास्थ्य जाँच र उपचार तथा कृषि कार्यालय तर्फको सेवा पनि प्रवाह गरिएको थियो । 

संयुक्त टोलीमा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, स्थानिय विकास अधिकारी रामप्रसाद अचार्य, जिल्ला प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, जिल्ला कृषि विकास कार्यालयका प्रमुख डाक्टर गोपाल गिरी, महिला तथा बालबालिका कार्यालयका प्रमुख सिता अधिकारी, राष्ट्रिय अनुसन्धान बिभागका डिएसपि सुसिल महत, एकीकृत सेवा केन्द्रका प्रमुख जनक थापा लगायतका अधिकारी सहभागी थिए । 

प्रमुख जिल्ला अधिकारी सहितको टोली तिब्बती सरणार्थीको परिचयपत्र नविकरणका लागि आज ढोरपाटन प्रश्तान गरेको छ । भोली ढोरपाटनमा बसोबास गर्दै आएका सरणार्थीको परिचयपत्र नविकरण गर्ने कार्यक्रम छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह