३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानको गौमुखी गाउँपालिकामा एमालेको जनलहर

२९ चैत्र २०७३, मंगलवार १६:०५


सागर शर्मा | चैत २९, प्युठान | गौमुखी गाउपालिकामा एमालेको जनलहर छाएको छ । आज नेकपा एमालेको गौमुखी गाउपालिका संगठन समितिको आयोजनामा ठुलावेसीमा भएको आमसभामा गौमुखीमा एमालेले जनलहर छाएको स्पष्ट पारेको छ । सभामा गौमुखी गाउपालिका सहित सबै वडामा एमाले बिजयी यात्रा सुनिश्चित रहेको नेता टुक बहादुर केसीले वताए ।

२०७० सालको संविधान सभा चुनावमा अग्र स्थानमा रहेको पार्टी नेकपा एमालेले अहिलेको स्थानीय तहको निर्वाचनमा अत्यधिक मत लिएर आफ्नो पार्टीको बिजयी यात्रा सुरु हुने उनले जानकारी गराए । आम सभामा सो गाउपालिकाका ७ वडाका वडा कमिटिले आफ्नो पार्टीको हालको अवस्थाको बारेमा जानकारी गराएका थिए ।

चुनावी आमसभा तथा अगुवा कार्यकता भेलामा प्रमुख अतिथीको आसनबाट बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य सूर्य थापाले गौमुखी गाउँपालिकामा एमालेमा देखिएको जनलहरले पाटिले पार्टीको बिजयी यात्रा सुरु भएको जनाए । हाल सरकारमा सहभागी दलहरुले चैते र वैशाखे विकासको आश्वासनमा गाउँ छिरेपनि आफ्नो पार्टीलाई सिन्को असर नपर्ने उनको दाबी छ । 

अगुवा कार्यकर्ताहरुलाई निर्देशनात्मक मन्तब्य दिदै थापाले चुनावी माहोलमा पार्टीका कार्यकर्ताले एक महिने विकासको झुट्टा भ्रममा नपर्न मतदातालाई आश्वस्त हुन आग्रह गरे । उनले चुनावको अवसरमा विकासका झुटा नारा बनाएर मतदातालाई आश्वासन दिएर मत नमाग्न सुझाव दिए । ‘निर्वाचनमा मतदातालाई विकासको आश्वासन होइन ’, उनले भने, ‘हामीले सपना बाँडेर मत माग्न सिक्नुपर्छ ।’ भेलामा सो क्षेत्रका करिब ३ सय जना भन्दा बढी अगुवा कार्यकर्ताको सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु