२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानको गौमुखी गाउँपालिकामा एमालेको जनलहर

२०७३, २९ चैत्र मंगलवार १६:०५


सागर शर्मा | चैत २९, प्युठान | गौमुखी गाउपालिकामा एमालेको जनलहर छाएको छ । आज नेकपा एमालेको गौमुखी गाउपालिका संगठन समितिको आयोजनामा ठुलावेसीमा भएको आमसभामा गौमुखीमा एमालेले जनलहर छाएको स्पष्ट पारेको छ । सभामा गौमुखी गाउपालिका सहित सबै वडामा एमाले बिजयी यात्रा सुनिश्चित रहेको नेता टुक बहादुर केसीले वताए ।

२०७० सालको संविधान सभा चुनावमा अग्र स्थानमा रहेको पार्टी नेकपा एमालेले अहिलेको स्थानीय तहको निर्वाचनमा अत्यधिक मत लिएर आफ्नो पार्टीको बिजयी यात्रा सुरु हुने उनले जानकारी गराए । आम सभामा सो गाउपालिकाका ७ वडाका वडा कमिटिले आफ्नो पार्टीको हालको अवस्थाको बारेमा जानकारी गराएका थिए ।

चुनावी आमसभा तथा अगुवा कार्यकता भेलामा प्रमुख अतिथीको आसनबाट बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य सूर्य थापाले गौमुखी गाउँपालिकामा एमालेमा देखिएको जनलहरले पाटिले पार्टीको बिजयी यात्रा सुरु भएको जनाए । हाल सरकारमा सहभागी दलहरुले चैते र वैशाखे विकासको आश्वासनमा गाउँ छिरेपनि आफ्नो पार्टीलाई सिन्को असर नपर्ने उनको दाबी छ । 

अगुवा कार्यकर्ताहरुलाई निर्देशनात्मक मन्तब्य दिदै थापाले चुनावी माहोलमा पार्टीका कार्यकर्ताले एक महिने विकासको झुट्टा भ्रममा नपर्न मतदातालाई आश्वस्त हुन आग्रह गरे । उनले चुनावको अवसरमा विकासका झुटा नारा बनाएर मतदातालाई आश्वासन दिएर मत नमाग्न सुझाव दिए । ‘निर्वाचनमा मतदातालाई विकासको आश्वासन होइन ’, उनले भने, ‘हामीले सपना बाँडेर मत माग्न सिक्नुपर्छ ।’ भेलामा सो क्षेत्रका करिब ३ सय जना भन्दा बढी अगुवा कार्यकर्ताको सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह