दलसिंह गिरी | चैत्र ३०, कालिकोट | साना बालबालिकाहरुलाई नैतिकवान, सभ्य, शिष्ट र सदाराचार बनाउने दायित्व अब पूर्व बाल बिकासमा अध्यापन गराउने शिक्षिकाको रहेको प्रमुख जिल्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | चैत्र ३०, कालिकोट | साना बालबालिकाहरुलाई नैतिकवान, सभ्य, शिष्ट र सदाराचार बनाउने दायित्व अब पूर्व बाल बिकासमा अध्यापन गराउने शिक्षिकाको रहेको प्रमुख जिल्ल"/>
२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

काँचो बालमस्तिष्कलाई नैतिकवान बनाउने जिम्मा अव शिक्षिकालाई

२०७३, ३० चैत्र बुधबार १६:३८

दलसिंह गिरी | चैत्र ३०, कालिकोट | साना बालबालिकाहरुलाई नैतिकवान, सभ्य, शिष्ट र सदाराचार बनाउने दायित्व अब पूर्व बाल बिकासमा अध्यापन गराउने शिक्षिकाको रहेको प्रमुख जिल्ला अधिकारी गिरीधारी सुबेदीले बताउनु भएको छ । साना बालबालिका भनेका माटोकोभाडो बनाउने काचो माटो जस्तै भएकाले उनीहरुलाई जस्तो ब्यवहार सिकायो उस्तै ब्यवहार देखाउने भन्दै यसका लागि पूर्व बाल बिकासका शिक्षिकाको पहिलो दायित्व रहेको प्रमुख जिल्ला अधिकारीले बताउनु भएको हो ।

यूनिसेफ नेपालको आर्थिक सहयोग जिल्ला शिक्षा कार्यालयको समन्वय, राष्ट्रिय सेतो गुरास बालविकास सेवा केन्द्र काठ्माण्डौ र सेतो गुरास बालविकास केन्द्र कालिकोटको संयुक्त आयोजनामा आयोजित १ महिने प्रारम्भिक साक्षरता तथा पूर्व गणितिय अवधारणा आधारभूत तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुबेदीले प्रत्यक अभिभावकहरु आफ्ना नानीबाबुको राम्रो शिक्षादिक्षा आनीबानी विकास पूर्व बाल विकास केन्द्रबाटै हुने विश्वासले विद्यालयमा पठाउने गरेकाले बालबालिकाको ब्यवहारतत परिवर्तन गर्ने जिम्मेवारी शिक्षिकाको रहेको बताउनु भएको छ ।


एक महिने तालिमको समापनमा बोल्दै जिल्ला विकास समन्वय समितिका संयोजक प्रदिपराज अधिकारीले तालिमका सहभागीहरुलाई तालिममा सिकेका शैद्धान्तिक तथा ब्यवहारिक ज्ञानलाई उपयोग गरी समुदायलाई समेत परिवर्तनशिल बनाउन आग्रह गर्नु भएको छ । यस्तै जिल्ला शिक्षा अधिकारी एवं तालिम समापनका संयोजक विष्णु प्रसाद तिवारीले समाज रुपान्त्रणको एक आधार भनेको पूर्व बालविकास पनि भएकाले यसलाई ब्यवहारत लागु गर्न सम्पूर्ण शिक्षिकाहरुलाई आग्रह गर्नु भएको छ ।

यहि चैत्र ३ देखि गुरुपगुरुपमा चौथो चरण सम्म संचालन भएको तालिममा जिल्लाका १७ वटा गाविसबाट १ सय २० वटा पूर्व बाल विकास केन्द्रका शिक्षिकाहरुले भाग लिएका छन् । बालबालिकाको अन्तरनिहित प्रतिभा प्रस्फुटन, गुणस्तर अभिबृद्धि तथा अभिभावक संलग्नता भन्ने मुल नाराका साथ सुरु भएको पूर्व गणित अवधारणा सम्बन्धि सिकाई सम्बन्धि एक महिने तालिमको सहजिकरण राष्ट्रिय सेतो गुराँस बालविकास ललितपुर काठ्माण्डौका शशी विसी र टिम कुमारी कुमालले प्रशिक्षण गर्नु भएको छ भने यसको सहजिकरण सेतो गुराँस बालविकास कालिकोटका जिल्ला कार्यक्रम संयोजक हुमुमराज शाही लगायतका टिमले गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह