दलसिंह गिरी | चैत्र ३०, कालिकोट | साना बालबालिकाहरुलाई नैतिकवान, सभ्य, शिष्ट र सदाराचार बनाउने दायित्व अब पूर्व बाल बिकासमा अध्यापन गराउने शिक्षिकाको रहेको प्रमुख जिल्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | चैत्र ३०, कालिकोट | साना बालबालिकाहरुलाई नैतिकवान, सभ्य, शिष्ट र सदाराचार बनाउने दायित्व अब पूर्व बाल बिकासमा अध्यापन गराउने शिक्षिकाको रहेको प्रमुख जिल्ल"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

काँचो बालमस्तिष्कलाई नैतिकवान बनाउने जिम्मा अव शिक्षिकालाई

३० चैत्र २०७३, बुधबार १६:३८

दलसिंह गिरी | चैत्र ३०, कालिकोट | साना बालबालिकाहरुलाई नैतिकवान, सभ्य, शिष्ट र सदाराचार बनाउने दायित्व अब पूर्व बाल बिकासमा अध्यापन गराउने शिक्षिकाको रहेको प्रमुख जिल्ला अधिकारी गिरीधारी सुबेदीले बताउनु भएको छ । साना बालबालिका भनेका माटोकोभाडो बनाउने काचो माटो जस्तै भएकाले उनीहरुलाई जस्तो ब्यवहार सिकायो उस्तै ब्यवहार देखाउने भन्दै यसका लागि पूर्व बाल बिकासका शिक्षिकाको पहिलो दायित्व रहेको प्रमुख जिल्ला अधिकारीले बताउनु भएको हो ।

यूनिसेफ नेपालको आर्थिक सहयोग जिल्ला शिक्षा कार्यालयको समन्वय, राष्ट्रिय सेतो गुरास बालविकास सेवा केन्द्र काठ्माण्डौ र सेतो गुरास बालविकास केन्द्र कालिकोटको संयुक्त आयोजनामा आयोजित १ महिने प्रारम्भिक साक्षरता तथा पूर्व गणितिय अवधारणा आधारभूत तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुबेदीले प्रत्यक अभिभावकहरु आफ्ना नानीबाबुको राम्रो शिक्षादिक्षा आनीबानी विकास पूर्व बाल विकास केन्द्रबाटै हुने विश्वासले विद्यालयमा पठाउने गरेकाले बालबालिकाको ब्यवहारतत परिवर्तन गर्ने जिम्मेवारी शिक्षिकाको रहेको बताउनु भएको छ ।


एक महिने तालिमको समापनमा बोल्दै जिल्ला विकास समन्वय समितिका संयोजक प्रदिपराज अधिकारीले तालिमका सहभागीहरुलाई तालिममा सिकेका शैद्धान्तिक तथा ब्यवहारिक ज्ञानलाई उपयोग गरी समुदायलाई समेत परिवर्तनशिल बनाउन आग्रह गर्नु भएको छ । यस्तै जिल्ला शिक्षा अधिकारी एवं तालिम समापनका संयोजक विष्णु प्रसाद तिवारीले समाज रुपान्त्रणको एक आधार भनेको पूर्व बालविकास पनि भएकाले यसलाई ब्यवहारत लागु गर्न सम्पूर्ण शिक्षिकाहरुलाई आग्रह गर्नु भएको छ ।

यहि चैत्र ३ देखि गुरुपगुरुपमा चौथो चरण सम्म संचालन भएको तालिममा जिल्लाका १७ वटा गाविसबाट १ सय २० वटा पूर्व बाल विकास केन्द्रका शिक्षिकाहरुले भाग लिएका छन् । बालबालिकाको अन्तरनिहित प्रतिभा प्रस्फुटन, गुणस्तर अभिबृद्धि तथा अभिभावक संलग्नता भन्ने मुल नाराका साथ सुरु भएको पूर्व गणित अवधारणा सम्बन्धि सिकाई सम्बन्धि एक महिने तालिमको सहजिकरण राष्ट्रिय सेतो गुराँस बालविकास ललितपुर काठ्माण्डौका शशी विसी र टिम कुमारी कुमालले प्रशिक्षण गर्नु भएको छ भने यसको सहजिकरण सेतो गुराँस बालविकास कालिकोटका जिल्ला कार्यक्रम संयोजक हुमुमराज शाही लगायतका टिमले गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही