३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडी मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्वन्धि अभिमुखीकरण

३१ चैत्र २०७३, बिहीबार ०८:२५

विमल धामी/चैत ३१, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा २ दिने मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्वन्धि अभिमुखीकरण कार्यक्रम शुरुभएको छ । 

उक्त कार्यक्रममा बेल्डाँडी गाउँपालिकाका कार्यकारी अधिकृत तथा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण समितिका संयोजक धर्मराज जोशीको सभापतित्वमा मानव बेचविखन रोकथाम सम्वन्धि अभिमुखिकरण कार्यक्रम चलेको थियो ।

महिला विकास केन्द्र कञ्चनपुरको सहयोगमा कार्यक्रम गरिएको बेल्डाँडी गाउँपालिकाले जनाएको छ । महिला विकास केन्द्र कञ्चनपुर कि सहायक अधिकृत शारदा पनेरु र सहायक महिला विकास कार्यालय निरीक्षक बालकुमारी चौधरीले मानव बेचविखन सम्वन्धि बेल्डाँडीको अवस्थाको बारेमा बोल्दै यसलाई न्युनिकरणका लागि बेल्डाँडीले कार्ययोजना बनाउनु पर्नेमा जोड दिएका थिए । बेल्डाँडी गाउँपालिका स्तरीय मानव बेचविखन तथा ओसारपसार समिति र सप्तरंङ्गी महिला समुहले सहभागिहरुलाई सहभागी गराउन सहजिकरण गरेका थिए ।

कार्यक्रममा बोल्दै बेल्डाँडी गाउँपालिकाका कार्यकारी अधिकृत धर्मराज जोशीले भने आफु बेल्डाँडीको बारेमा नयाँ भएता पनि समग्र देशमै गरिवि र अशिक्षाका कारण यस्तो समस्या आउने गरेको पाईन्छ । विभिन्न प्रलोभनमा पारेर दलाहरुले मानव बेचविखन गर्ने गरेको पाईएको छ । 

उनले पढेका मान्छेहरुको अनुभव सुनाउदै भने “पढेका मान्छे भनेर नहुने, अंग्रेजी भाषामात्र जानेर नहुने र अन्य भाषागत समस्याले पढेका मान्छेहरु पनि  झुक्कीने गरेको पाईन्छ । उनले भने सबै देशमा अंगेजी सबैले बोल्छन् भन्ने हुदैन  मानव बेचविखन अनैतिक कृयाकलाप गराउनका लागि गरिने गरेको पाईन्छ । अहिले दलालहरुले नयाँ नयाँ तरिका प्रयोग गर्नलागेको हुनाले पनि झट्टै सबैमा विश्वास गरिहाल्नु नपर्ने बताए । 

दलाले बुवालाई प्रलोभनमा पारेर छोरीलाई जागिर लागाई दिनेभनेर बेचविखनमा पारेको घटनाहरु देखिएका छन् । बेल्डाँडी ईलाका प्रहरी कार्यालयका प्रमुख निरीक्षक गिन्द्र बहादुर बोगटीले भने यहाँ खुल्ला नाका भएकोले कुनै पनि बेला दलालले यि नाका प्रयोग गर्न सक्ने भन्दै आफुहरुले सर्तकर्ता अपनाएको बताए । यहाँ बेचविखन सम्वन्धि कसैले केहि सुईको पायो भने हामीलाई तुरुन्त खवर गरे दाषीलाई छोप्न सकिने बताए ।

बेचविखन न्युनिकरण गर्नका लागि बेल्डाँडीले पनि आजै यसै चालु आर्थिक वर्षका लागि ५ वटा कार्ययोजना बनाएको छ । कार्यक्रममा सहभागिहरुले यस्ता जनचेतना मुलक कार्यक्रम वारम्वार गराई राखे बेचविखन न्युनिकरण शुन्य हुने सहभागिहरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध