२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडी मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्वन्धि अभिमुखीकरण

२०७३, ३१ चैत्र बिहीबार ०८:२५

विमल धामी/चैत ३१, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा २ दिने मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्वन्धि अभिमुखीकरण कार्यक्रम शुरुभएको छ । 

उक्त कार्यक्रममा बेल्डाँडी गाउँपालिकाका कार्यकारी अधिकृत तथा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण समितिका संयोजक धर्मराज जोशीको सभापतित्वमा मानव बेचविखन रोकथाम सम्वन्धि अभिमुखिकरण कार्यक्रम चलेको थियो ।

महिला विकास केन्द्र कञ्चनपुरको सहयोगमा कार्यक्रम गरिएको बेल्डाँडी गाउँपालिकाले जनाएको छ । महिला विकास केन्द्र कञ्चनपुर कि सहायक अधिकृत शारदा पनेरु र सहायक महिला विकास कार्यालय निरीक्षक बालकुमारी चौधरीले मानव बेचविखन सम्वन्धि बेल्डाँडीको अवस्थाको बारेमा बोल्दै यसलाई न्युनिकरणका लागि बेल्डाँडीले कार्ययोजना बनाउनु पर्नेमा जोड दिएका थिए । बेल्डाँडी गाउँपालिका स्तरीय मानव बेचविखन तथा ओसारपसार समिति र सप्तरंङ्गी महिला समुहले सहभागिहरुलाई सहभागी गराउन सहजिकरण गरेका थिए ।

कार्यक्रममा बोल्दै बेल्डाँडी गाउँपालिकाका कार्यकारी अधिकृत धर्मराज जोशीले भने आफु बेल्डाँडीको बारेमा नयाँ भएता पनि समग्र देशमै गरिवि र अशिक्षाका कारण यस्तो समस्या आउने गरेको पाईन्छ । विभिन्न प्रलोभनमा पारेर दलाहरुले मानव बेचविखन गर्ने गरेको पाईएको छ । 

उनले पढेका मान्छेहरुको अनुभव सुनाउदै भने “पढेका मान्छे भनेर नहुने, अंग्रेजी भाषामात्र जानेर नहुने र अन्य भाषागत समस्याले पढेका मान्छेहरु पनि  झुक्कीने गरेको पाईन्छ । उनले भने सबै देशमा अंगेजी सबैले बोल्छन् भन्ने हुदैन  मानव बेचविखन अनैतिक कृयाकलाप गराउनका लागि गरिने गरेको पाईन्छ । अहिले दलालहरुले नयाँ नयाँ तरिका प्रयोग गर्नलागेको हुनाले पनि झट्टै सबैमा विश्वास गरिहाल्नु नपर्ने बताए । 

दलाले बुवालाई प्रलोभनमा पारेर छोरीलाई जागिर लागाई दिनेभनेर बेचविखनमा पारेको घटनाहरु देखिएका छन् । बेल्डाँडी ईलाका प्रहरी कार्यालयका प्रमुख निरीक्षक गिन्द्र बहादुर बोगटीले भने यहाँ खुल्ला नाका भएकोले कुनै पनि बेला दलालले यि नाका प्रयोग गर्न सक्ने भन्दै आफुहरुले सर्तकर्ता अपनाएको बताए । यहाँ बेचविखन सम्वन्धि कसैले केहि सुईको पायो भने हामीलाई तुरुन्त खवर गरे दाषीलाई छोप्न सकिने बताए ।

बेचविखन न्युनिकरण गर्नका लागि बेल्डाँडीले पनि आजै यसै चालु आर्थिक वर्षका लागि ५ वटा कार्ययोजना बनाएको छ । कार्यक्रममा सहभागिहरुले यस्ता जनचेतना मुलक कार्यक्रम वारम्वार गराई राखे बेचविखन न्युनिकरण शुन्य हुने सहभागिहरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस