जितेन्द्र खत्री/बैशाख १, अर्घाखाँची । “पवित्र मनले आफुसँग भएको वस्तु, ज्ञान, सीप आदिअ अरुको प्रगति उन्नतिको लागि आवश्यकता बुझेर अरुलाई प्रदान गरिन्छ भने त्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जितेन्द्र खत्री/बैशाख १, अर्घाखाँची । “पवित्र मनले आफुसँग भएको वस्तु, ज्ञान, सीप आदिअ अरुको प्रगति उन्नतिको लागि आवश्यकता बुझेर अरुलाई प्रदान गरिन्छ भने त्य"/>

2026-08-29 09:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

उपहारले गाउँको मुहार यसरि फेरिँदैछ


जितेन्द्र खत्री/बैशाख २, अर्घाखाँची । “पवित्र मनले आफुसँग भएको वस्तु, ज्ञान, सीप आदिअ अरुको प्रगति उन्नतिको लागि आवश्यकता बुझेर अरुलाई प्रदान गरिन्छ भने त्यो नै उपहार प्रदान हो ” यो कुराको ज्ञान र व्यवहारमा प्रयोग प्राय सबैमा हुँदैन तर अर्घाखाँची सिद्धाराबासी अधिकांश महिलाहरुमा ज्ञान त छ न त्यो  व्यवहारमा पनि उतार्दै आएका छन् ।

हेफर इन्टरनेश्नल नेपाल र स्थानीय साझेदारहरुको सहयोग तथा नेपाल चेतना केन्द्र अर्घाखाँचीको आयोजनामा सिद्धारा गाविसको २,४,७ र ९ वार्डमा बाख्रा विकास परियोजना सञ्चालन भएपश्चात त्यहाँका महिलाहरुमा उपहार प्रदानको लहरै चलेको छ ।

परियोजना सूरुवातमै प्रदान गरिएको आधारशिला तालिम नै महिलामा आएको परिवर्तनको मुख्य कारण हो भन्छन् स्थानीय शिक्षक दुर्गा बेल्वासे । बाख्राको उत्पादन र उत्पादकत्व बृद्धिसँगै आर्थिक विकास तथा सामाजिक रुपान्तरणको लागि सञ्चालन भएको परियोजना २०७१ माघदेखि सञ्चालन हुँदै आएको छ ।

पाँच सय २१ घरधुरीलाई लक्षित गरी सञ्चालन भएको परियोजनाले महिलाहरुको सर्वाङ्गीण विकासका निम्ति काम गर्दै आइरहेको छ । परियोजनाबाट प्राप्त गरेका बस्तु , ज्ञान तथा सीपलाई आफूजस्तै अर्को सदस्यलाई उपहार गर्नुपर्ने प्राबधान अनुरुप महिलाहरु निकै उत्साहका साथ उपहार प्रदानमा जुटेका छन् । 

सिद्धारा गाविस वार्ड न.ं ४ निवासी समुहकी अध्यक्ष सिता पोख्रेलले उपहार प्रदान कार्यक्रमले महिलाहरुमा उत्साह, सामाजिक सद्भाव तथा समूहबीचमा आपसी मेलमिलापको भावना बिकास गराएको बताइन् । उपहारको महत्व बुझ्दै गएपछि महिलाहरुले आफ्नै घरमा उत्पादित वस्तुहरु आवश्यकताको आधारमा दिने र लिने गर्दछन् । यस्तो प्रबृतिलाई हेर्दा उनीहरुमा उपहार प्रदानको महत्व दिन प्रतिदिन बढ्दो देखिन्छ ।

सामुहिकरुपमा वा व्यक्तिगत रुपमै पनि बाख्रा,उन्नत घाँस,तरकारी विउहरु, खनिज ढिक्का तथा आफुसँग भएको ज्ञान सिप अर्को सदस्यको आवश्यकता बुझेर दिने बानीको बिकासले सम्पुर्ण गाँउबासीनै खुसि देखिन्छन् । मासिक रुपमा नियमित छलफल तथा वचत बैठक बसी बचत संकलन गर्ने र उत्पादनशिल कार्यमा लगानी गर्ने प्रबृतिले समुह सदस्यहरुमा आर्थिक अभावका कारण कुनै अप्ठ्यारो झेल्न नपरेकोे उनीहरुको भनाई रहेको छ ।

परीयोजना सञ्चालन हुनु पूर्व महिलाहरु एकजुट हुन र आपसमा आफ्ना कुराहरु साटासाट गर्न कुनै चाडपर्वनै कुर्नु पर्दथ्यो । समाजमा हुने सबै सामाजिक कार्यमा पुरुषनै सहभागी हुन्थे,महिलाहरु भने घरकै काममा व्यस्त रहन्थे । महिलाहरु घर बाहिर निस्कन ुहुदैन भन्ने संस्कारले जरा गाडेको यस समाजमा आजकाल सामाजिक काममा सहभागीहुने मात्र नभई महिलाहरु अगुवाइनै गर्न थालेका छन् ।

मासिक रुपमा बस्ने छलफल बैठकमा सामाजिक कार्यका एजेण्डा संगै उपहार प्रदानको कामलाई प्रमुख एजेण्डा वनाई सार्वजनिक समारोहकै आयोजना गरेर उपहार दिने र लिने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो