शंकर के सी | बैशाख ३, सल्यान । सल्यानको कपुरकोटबाट संचालन भइरहेको सामुदायीक रेडियो कपुरकोट एफएमले सदाको वर्षहरु झैं यो वर्ष पनि आफ्नो वार्षिकोत्सव भव्य समारोहका विच मनाउने भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

शंकर के सी | बैशाख ३, सल्यान । सल्यानको कपुरकोटबाट संचालन भइरहेको सामुदायीक रेडियो कपुरकोट एफएमले सदाको वर्षहरु झैं यो वर्ष पनि आफ्नो वार्षिकोत्सव भव्य समारोहका विच मनाउने भ"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रेडियो कपुरकोटको विशेष ७ औं वार्षिकोत्सव सोमबार

३ बैशाख २०७४, आईतवार १३:१८

शंकर के सी | बैशाख ३, सल्यान । सल्यानको कपुरकोटबाट संचालन भइरहेको सामुदायीक रेडियो कपुरकोट एफएमले सदाको वर्षहरु झैं यो वर्ष पनि आफ्नो वार्षिकोत्सव भव्य समारोहका विच मनाउने भएको छ । सातौं विशेष वार्षिकोत्सव भोलि सोमबार कपुरकोटमा वृहत सांस्कृतीक कार्यक्रम तथा स्वास्थ्य, शिक्षा तथा पूर्ण सरसफाइ सम्बन्धी स्टेज नाटक प्रदर्शन गरेर मनाउन लागेको रेडियोले जनाएको छ । 

सोमबार विहान साढे ११ बजेतीर सामुदायीक रेडियो प्रशारक संघ (अकोराव) का केन्द्रीय अध्यक्ष सुवास खतीवडाले उद्घाटन गर्ने वार्षिकोत्सव समारोहमा सामुदायीक रेडियोको समुदाय प्रतिको उत्तरदायीत्वका बारेमा छलफल तथा अन्तरक्रिया हुने र राष्ट्रिय स्तरका चर्चीत कलाकारहरुले प्रस्तुती राख्ने कार्यक्रम रहेको रेडियोका कार्यकारी प्रमुख सन्तोष जि.एम. ले जनाएका छन् । 

उनका अनुसार गायक अर्जुन कौशल, गायीका शान्ति श्री परियार, हांस्य कलाकार कमल गाउंले, प्रकाश कंडेल गुलेली कान्छाको प्रस्तुती, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल सल्यान र अन्य कलाकारहरुको विशेष प्रस्तुती रहने छ । विक्रम संवत् २०६६ सालमा स्थापना भएको रेडियो कपुरकोटले स्वास्थ्य तथा कृषि क्षेत्र संग सम्बन्धीत विभिन्न निकायहरु संगको समन्वयमा त्यस अनुसारका सचेतनामूलक कार्यक्रमहरु उत्पादन तथा प्रशारण गर्दै आइरहेको छ । रेडियो कार्यक्रमका अलावा सचेतनामूलक स्टेज नाटक तथा वहस जस्ता कार्यक्रमहरु जिल्लाका विभिन्न स्थानमा संचालन गर्दै आइरहेको रेडियोका समाचार प्रमुख शंकर के सीले जनाएका छन् । 

यसैविच रेडियोले सोमबारको वार्षिकउत्सव समारोहमा उपस्तीत भइदिनका लागी सम्पूर्णमा अनुरोध गरेको छ । जिल्ला स्थीत विभिन्न सरकारी तथा गैरसरकारि संघसंस्था, विज्ञापनदाता, श्रोताहरु, शेयर सदस्यहरु लगायत सम्पूर्णमा उपस्थीतीका लागी रेडियोले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’