नवलपरासीमा छतमा सुतिरहेका बुवामाथि खुकुरी प्रहार गरि हत्या

Posted on: 17 Apr, 2017

वैशाख ४, नवलपरासी | नवलपरासीको पालिनन्दन गाउँपालिका-६ स्थित घरको छतमा सुतिरहेका बेला ४० वर्षका नरहरिप्रसाद थारुले बुवा ७० वर्षका हुसेनी पश्चेमी थारुमाथि खुकुरीले प्रहार गरेका छन् । 

छोरा नरहरिप्रसादले जग्गाको बिषयलाई लिएर आइतबार आफ्नै बुबालाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका हुसेनीको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा सोमबार मृत्यु भएको छ । 

खुकुरी प्रहार गर्ने नरहरिलाई प्रहरीले पक्राउ गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!