२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा फेरी दुर्घटना, २ जनाको मृत्यु २३ जना घाईते

२०७४, ५ बैशाख मंगलवार ०५:३२

सरु शर्मा | बैशाख ५, परासी | नवलपरासीमा आज पनि सवारी दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । दुई छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो भने २३ जना घाईते भएका छन् । जस्मध्य ६ जनाको अवस्था गम्भिर रहेको प्रहरीले  जनाएको छ ।

दुर्घटना मध्य बर्दघाटमा ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुदाँ एक जनाको मृत्यु हो । भने सोही दुर्घटनामा ८ जना घाईते भएका छन् ।  घाईते मध्य २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले  जनाएको छ । बर्दघाट नगरपालिका ११ गैडाहा स्थित भित्रि सडक खण्डमा गैडाहा बाट बर्दघाट तर्फ आउदै गरेको लु ३ त १० ३९ नम्बरको ट्याक्टर आज मँगलबार बिहान साढे ६ बजेको समयमा अनियन्त्रित भई पल्टदा ट्याक्टरमा सवार भारत बिहार बहुअराव बस्ने अन्दाजि बर्ष ५५ का मदन मह्त्वको मृत्यु भएको हो ।

उनको दुघटना स्थलबाट पृथ्वीचन्द्र जिल्ला अस्पताल ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालाय नवलपरासीले जनाएको छ ।  भने ट्याक्टरमा सवार ८ जना घाईते भएका छन् । घाईतेको पृथ्वी चन्द्र जिल्ला अस्पताल, दाउन्ने देवि सामुदायीक अस्पताल, लुम्बिनी अन्चल अस्पताल बुटवल लगायत स्थानिय अस्पतालहरुमा उपचार भैरहेको प्रहरीले जनाएको छ । ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

यस्तै आज बिहान साढे ४ बजेको समयमा पश्चिम बाट पुर्ब तर्फ गईरहेको ना ५ ख ८४ ३२ नम्बरको बस अनियन्त्रित भई मध्यबिन्दु नगरपालिका ११ अरुणखोला जँगलमा पल्टदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाके जिल्ला बैजापुर गाउपालिका ४ बस्ने अन्दाजि बर्ष ४५ का डिल्लीराज डागिँ रहेको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा १५ जना घाईते भएका छन् । घाईते मध्य ४ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाईते सबै बाके जिल्ला निवासी रहेका छन् । उनिहरुको भरतपुर मेडिकल कलेज चितवनमा उपचार भैहरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह