३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा फेरी दुर्घटना, २ जनाको मृत्यु २३ जना घाईते

५ बैशाख २०७४, मंगलवार ०५:३२

सरु शर्मा | बैशाख ५, परासी | नवलपरासीमा आज पनि सवारी दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । दुई छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो भने २३ जना घाईते भएका छन् । जस्मध्य ६ जनाको अवस्था गम्भिर रहेको प्रहरीले  जनाएको छ ।

दुर्घटना मध्य बर्दघाटमा ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुदाँ एक जनाको मृत्यु हो । भने सोही दुर्घटनामा ८ जना घाईते भएका छन् ।  घाईते मध्य २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले  जनाएको छ । बर्दघाट नगरपालिका ११ गैडाहा स्थित भित्रि सडक खण्डमा गैडाहा बाट बर्दघाट तर्फ आउदै गरेको लु ३ त १० ३९ नम्बरको ट्याक्टर आज मँगलबार बिहान साढे ६ बजेको समयमा अनियन्त्रित भई पल्टदा ट्याक्टरमा सवार भारत बिहार बहुअराव बस्ने अन्दाजि बर्ष ५५ का मदन मह्त्वको मृत्यु भएको हो ।

उनको दुघटना स्थलबाट पृथ्वीचन्द्र जिल्ला अस्पताल ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालाय नवलपरासीले जनाएको छ ।  भने ट्याक्टरमा सवार ८ जना घाईते भएका छन् । घाईतेको पृथ्वी चन्द्र जिल्ला अस्पताल, दाउन्ने देवि सामुदायीक अस्पताल, लुम्बिनी अन्चल अस्पताल बुटवल लगायत स्थानिय अस्पतालहरुमा उपचार भैरहेको प्रहरीले जनाएको छ । ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

यस्तै आज बिहान साढे ४ बजेको समयमा पश्चिम बाट पुर्ब तर्फ गईरहेको ना ५ ख ८४ ३२ नम्बरको बस अनियन्त्रित भई मध्यबिन्दु नगरपालिका ११ अरुणखोला जँगलमा पल्टदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाके जिल्ला बैजापुर गाउपालिका ४ बस्ने अन्दाजि बर्ष ४५ का डिल्लीराज डागिँ रहेको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा १५ जना घाईते भएका छन् । घाईते मध्य ४ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाईते सबै बाके जिल्ला निवासी रहेका छन् । उनिहरुको भरतपुर मेडिकल कलेज चितवनमा उपचार भैहरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’