बैशाख ५, काठमाडौँ | दलित समुदायका व्यक्तिहरुको कानूनी सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्याए वापत ल्यानकाउ नेपालका प्यारालिगल अमृत वि.सीलाई मारग्रेट क्यारोल लिगल एम्पावरमे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख ५, काठमाडौँ | दलित समुदायका व्यक्तिहरुको कानूनी सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्याए वापत ल्यानकाउ नेपालका प्यारालिगल अमृत वि.सीलाई मारग्रेट क्यारोल लिगल एम्पावरमे"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

प्यारालिगल अमृत वि.सी सम्मानित

५ बैशाख २०७४, मंगलवार ०६:४०


बैशाख ५, काठमाडौँ | दलित समुदायका व्यक्तिहरुको कानूनी सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्याए वापत ल्यानकाउ नेपालका प्यारालिगल अमृत वि.सीलाई मारग्रेट क्यारोल लिगल एम्पावरमेन्ट एक्सिलेन्स अवार्डबाट सम्मानित गरिएको छ ।

विगत एक दशक देखी दलित समुदायका व्यक्तिहरुको न्यायमा पहुँच वृद्धिका लागी निरन्तर कार्यरत अमृत वि.सी ले दिगो विकास लक्ष्य—१६ ( शान्ती, न्याय र मजबुत संस्था ) कार्यान्वयनका लागी दलितहरुको कानूनी चेतना जगाउने, प्रयोग गर्न लगाउने, कानूनको पालना गर्न र निर्माण गर्न सहजीकरण गरी कानूनको शक्ती आम जनता समक्ष पुर्याउने काम गरेकाले यो पुरस्कार प्रदान गरिएको ल्यानकाउ नेपालका कार्यकारी निर्देशक प्रभाकर बागचन्दले बताउनुभो । 

प्यारालिगल अमृत वि.सीलाई दोसल्ला ओढाएर प्रमाणपत्र सहित जिल्ला न्यायधिवक्ता प्रकाश बहादुर भण्डारी ले सम्मान गर्नुभएको थियो । सो अबसरमा बोल्दै जिल्ला न्यायधिवक्ता प्रकाश बहादुर भण्डारी ले कानुनलाई सबैले बुझने बनाउन ठुलो भुमिका खेल्न सक्ने बताउनुभयो । 

सम्मान प्राप्त गरेपछि प्यारालिगल अमृत वि.सी ले यो पुरस्कारले आफु जस्ता थुप्रै प्यारालिगललाई मेहनत साथ काम गर्न प्रेरणा मिल्ने बताउनुभयो । 


सो कार्यक्रममा बोल्दै समुदायका अध्यक्ष सिता विक र रिता पार्की र सामना टमट्टाले प्यारालिगलले आफुहरुलाई आफनो अधिकारका लागी बोल्न सिकाएको बताए । कानूनको जानकारीद्वारा गरिवीको मुक्ती मिल्ने रहेछ भन्ने पनि महशुस गरेको उनीहरुले बताए । 

कार्यक्रमका अध्यक्ष पत्रकार उम्मीद बागचन्दले दिगो विकास लक्ष्य कार्यन्वयनका लागी अमृत वि.सी जस्ता थुप्रै प्यारालिगको आवश्यकता भएको बताउनुभयो । 

कार्यक्रममा ठुलो संख्यामा समुदायका व्यक्ति, मानव अधिकार कर्मी र ल्यानकाउ नेपालका कार्यकारी निर्देशक प्रभाकर बागचन्द र भोज बहादुर पालको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’