बैशाख ६, तिलोत्तमा (रुपन्देही) | ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले यस वर्ष विद्यार्थी भर्ना अभियानअन्तर्गत रुपन्देहीम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ६, तिलोत्तमा (रुपन्देही) | ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले यस वर्ष विद्यार्थी भर्ना अभियानअन्तर्गत रुपन्देहीम"/>
२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

७ हजार बालबालिकालाई विद्यालय ल्याउने रुपन्देहीको लक्ष्य

२०७४, ६ बैशाख बुधबार ०१:४३

बैशाख ६, तिलोत्तमा (रुपन्देही) | ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले यस वर्ष विद्यार्थी भर्ना अभियानअन्तर्गत रुपन्देहीमा ७ हजार बालबालिकालाई विद्यालयमा ल्याउने लक्ष्य लिएको छ । 

जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले जिल्लाको विकट गाविसमा विद्यालयको पहुँच भन्दा बाहिर रहेका ७ हजार बालबालिकालाई विद्यालयमा ल्याउने कार्यक्रम रहेको बताउनुभयो । उहाँका अनुसार रुपन्देही जिल्लाको दक्षिणी क्षेत्र धकघही, मैनिहवा, पडसरी लगायतका गाविसका बालबालिकाहरु विद्यालय भर्ना हुन सकेका छैनन् । 

ती क्षेत्रमा बसोबास गर्ने मुहसर, पथत्करकट्टा जस्ता पिछडिएका जातिका बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहेकाले विद्यालयमा ल्याउन यही शैक्षिक सत्रदेखि विशेष छात्रवृतिको व्यवस्था समेत गरिएको छ । 

जिल्लामा अहिले बाल विकास केन्द्रअन्र्तगत सामुदायिक विद्यालयतर्फ १० हजार ६७७ बालबालिका अध्ययनरत छन् भने संस्थागत विद्यालयतर्फ २३ हजार ७९९ बालबालिका रहेका छन् । तिनीहरुमध्ये कम्तीमा १० हजार कक्षा १ मा भर्ना हुने अनुमान गरिएको थापाले बताउनुभयो । 

बालबालिकालाई विद्यालय ल्याउन घरदैलो कार्यक्रमसहित भर्ना अभियान सञ्चालन गरिएको बुटवल १३ देवीनगरमा रहेको नवीन औद्योगिक माविका प्राचार्य प्रेम बस्नेतले बताउनुभयो । 

जिल्ला शिक्षा कार्यालय रुपन्देहीले भर्ना अभियानलाई सार्थक बनाउन पर्चा, पम्पलेट, फ्लेक्स प्रिन्ट ठाउँ ठाउँमा राखेर प्रचार गरिरहेको छ । स्थानीय भाषा खासगरी अवधी भाषा प्रचार सामग्रीहरु छापिएका छन् । 

भर्ना भएका बालबालिकालाई विद्यालयमा टिकाइराख्न सरकारले निःशुल्क पाठ्यपुस्तक र छात्रवृत्ति वितरण, अभिभावक शिक्षा अभियान, वैकल्पिक सिकाइ केन्द्र, दिवा खाजा, अनौपचारिक प्राथमिक शिक्षा, वैकल्पिक शिक्षा र प्राथमिक बाल शिक्षा कार्यक्रम कार्यक्रम सञ्चालनमा ल्याएको छ । रुपन्देहीको बुटवल तथा भैरहवा जस्ता सहर पनि ठूल्ठूला शैक्षिक संस्थाहरु रहेका छन् । थापाले सहरभित्र पनि होटलमा काम बाल मजदुर र सडक बालबालिकाहरुलाई विद्यालय ल्याउन लागि प्रयास गरिएको बताउनुभयो । 

रुपन्देहीमा हाल २३९ वटा प्राथमिक विद्यालय सञ्चालित छन् जसमा सामुदायिक १३८ र निजी १०१ छन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह