सास | बैसाख ६, बैतडी । बैतडीको शिवनाथ गाँउपालिका– ६ बसेडीका ३३ वर्षिय महेससिह सुतार चितुवाको छाला सहित बुधबार पक्राउ परेका छन् ।
क्षेत्रिय प्रहरी अनुसन्धान व्यूरोको सहयोगमा जिल्ला प्रहरी कार्यालय बैतडीको एक टोलिले सुतारलाई जिल्लाको पाटन बजारबाट पक्राउ गरेको हो । छाला किन्ने बाहाना बनाई प्रहरी सतारलाई पक्राउ गर्न सफल भएको हो । छाला ५ फिट ९ इन्च लामो १ फिट ११ इन्च चौडा रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरिक्षक हरीओम खड्काले बताउनुभयो ।
चितुवाको छाला सहित पक्राउ गरिएका व्यक्तिलाई वन ऐन अनुसार ६ महिना कैद सजाय हुने व्यवस्था रहेको छ ।