बैशाख ६, परासी | नेपाल विद्यार्थीं संघको ४८ औं स्थापना दिवसको अवसरमा आज कावासोती नगरपालिका स्थित मध्यविन्दु सामुदायिक अस्पतालमा विरामीहरुलाई फलफुल तथा जुस वितरण गरिएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख ६, परासी | नेपाल विद्यार्थीं संघको ४८ औं स्थापना दिवसको अवसरमा आज कावासोती नगरपालिका स्थित मध्यविन्दु सामुदायिक अस्पतालमा विरामीहरुलाई फलफुल तथा जुस वितरण गरिएको छ "/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नेविसंघले कावासोतीमा फलफुल वितरण तथा रक्तदान गर्यो

६ बैशाख २०७४, बुधबार १५:१२


बैशाख ६, परासी | नेपाल विद्यार्थीं संघको ४८ औं स्थापना दिवसको अवसरमा आज कावासोती नगरपालिका स्थित मध्यविन्दु सामुदायिक अस्पतालमा विरामीहरुलाई फलफुल तथा जुस वितरण गरिएको छ । 

नेपाल विद्यार्थी संघ नवलपरासीका कोषाध्यक्ष लक्ष्मण रिजालको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा विरामीहरुलाई फलफुल वितरण गरिएको हो । अस्पतालमा विभिन्न रोगबाट पिडित रहेका सम्पुर्ण विरामीहरुलाई फलफुल वितरण गर्दै नेपाल विद्यार्थी संघले सबै विरामीहरुको सु–स्वास्थ्य लाभको कामना समेत गरेको थियो ।

कार्यक्रममा कार्यक्रमका अध्यक्ष लक्ष्मण रिजाल, प्रमुख अतिथि देवेन्द्रराज कण्डेल, नेविसंघका केन्द्रिय सदस्य आरसी भट्टराई, नेविसंघका पुर्व केन्द्रिय सदस्य अशोक बस्ताकोटी, नेपाली कांग्रेसका जिल्ला सचिव बालकृष्ण घिमिरे, नेपाल महिला संघ नवलपरासी कि अध्यक्ष कमला पराजुली, महिला संघको पुर्व केन्द्रिय सदस्य ओमकला गौतम, महिला संघको जिल्ला सचिव सरस्वती तिमिल्सेना, नेविसंघका सदस्य एलएन दवाडी लगायतले आसन्न स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसले परिणाम आफनो पक्षमा पार्न नेविसंघ, नेपाल तरुणदल, नेपाल महिला संघ, नेपाल मुस्लिम संघ, नेपाल दलित संघ, शिक्षक संघ लगायतका नेपाली कांग्रेसका भातृत्व संगठनहरु एकजुट भएर लाग्न पर्ने सुझाव दिएका थिए ।

वक्ताहरुले, नेपाली कांग्रेसले आफनो उम्मेदवारको घोष्णा गर्न साथ जिल्लाको समग्र आर्थिक, भौतिक, सामाजिक विकासका एजेण्डाहरु पार्टीको मुल एजेण्डाको रुपमा लिन पर्ने सुझाव राखेका थिए । चुनावमा कांग्रेसका कार्यकर्ता तथा भातृत्व संगठनहरुलाई परिचालन गरिदै चुनावको सहज वातावरणमा समेत बनाउनमा नेपाली कांग्रेसको अहम भुमिका रहन पर्ने धारणा राखेका थिए ।

त्यसैबिच जिल्लाको गैडाकोट नगरपालिका १६ स्थित अमरापुरीमा नेविसंघ नवलपरासी अध्यक्ष राजेश पौडेलको अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । रक्तदान कार्यक्रममा नेविसंघका ४० जना विद्यार्थी कार्यकर्ताहरुले रक्तदान गरेका थिए । उक्त कार्यक्रम नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलको प्रमुख अतिथ्यतामा भएको थियो । फोटो छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’