बैशाख ७, बझाङ | विहान सबेरै उठेर होटल सरसफाई गर्नु उनको दैनिकि बनेको छ दहबगर ६ खानीबगरका शंकर धामी समुन्द्रको । २०५९ सालमा तत्कालिन अवस्थामा विद्रोह गरिरहेको माओवादीमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ७, बझाङ | विहान सबेरै उठेर होटल सरसफाई गर्नु उनको दैनिकि बनेको छ दहबगर ६ खानीबगरका शंकर धामी समुन्द्रको । २०५९ सालमा तत्कालिन अवस्थामा विद्रोह गरिरहेको माओवादीमा "/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

होटल व्यवसाय गर्दै जनयुद्धका लडाकु समुन्द्र

७ बैशाख २०७४, बिहीबार ०४:३०

बैशाख ७, बझाङ | विहान सबेरै उठेर होटल सरसफाई गर्नु उनको दैनिकि बनेको छ दहबगर ६ खानीबगरका शंकर धामी समुन्द्रको । २०५९ सालमा तत्कालिन अवस्थामा विद्रोह गरिरहेको माओवादीमा भुमिगत हुनु भएका धामी हाल होटल व्यवसाय गरेर बसेका छन् । 

निजि क्षेत्रकै लगानीमा बन्न लागेको देशकै सबै भन्दा ठुलो जलविद्युत आयोजना कालंगा जलविद्युत आयोजनाको निमार्ण कार्य सुरु भए संगै उहाँले होटल व्यवसाय गर्नु भएको हो । उहाँ संग जनयुद्धको समयमा धेरै ठाँउहरुमा युद्ध लडेको अनुभव छ । पाल्पाको तानसेन, रुकुमको खारा,कैलालीको कारागार र बडैपुर बनखेत वुटवल,रोल्पा, लगायतका दर्जनौ ठाँउहरुमा उहाँले युद्ध लडनु भएको छ । उमेरले के राम्रो के नराम्रो छुटयाउनै नसक्ने उमेरमा भुमिगत भएका समुन्द्र भन्नु हुन्छ “माओवादी आउथे बुर्जुवा शिक्षा हो यो पढन हुदैन, युद्ध गरेर सामान्ती सरकारलाई ढलाई जनवादी सरकार ल्याउनु पर्छ भन्थे हो जस्तो लाग्यो” भुमिगत भईयो । 

सोझा जनताका छोराछोरीलाई युद्ध लडाई नेताहरुले आफ्नो स्वार्थ पुरा गरेको गुनासो उहाँको छ । घरायसी तथा विविध कारणले युद्ध विराम संगै घर फर्के पछि आफुलाई कसैले सहयोग नगरेको उनको भनाई छ  । घर फर्के पछि जेनतेन गरेर अलि अलि पैसा कमाए र भेडाबाख्रा किनेर बाख्रापालन तर्फ लागे । भेडाबाख्रा बाट राम्रो आम्दानी हुन थाले पछि उनी व्यवसायिकरुपले बाख्रा पालनमा लागे समुन्द्र । तर जब देखि दबहगरमा कालंगा हाईड्रोपावरको निमार्ण कार्य सुरु भयो । उनी अहिले घर नजिकै होटेल खोलेर बस्नु भएको छ । 

होटल व्यवसाय बाट मासिक २० देखि ३० हजार सम्म हुने गरेको उहाँ बताउन् । आजकाल उनी हाईड्रपावरका कामदार तथा अन्य व्यक्तिहरुका लागी खाना तथा नास्ता बनाउनमै व्यस्त हुन्छन । देश परिर्वतन गर्छु भनेर युद्ध लडियो तर नत आफ्नो प्रगति भयो नत देशमा परिर्वतन गर्न सकियो उहाँ भन्नु हुन्छ  । पढने बेलामा युद्ध गर्न हिडियो अहिले राम्रो जागीरका लागी योग्यतानै छैन जे भए पनि होटेल व्यवसाय बाटनै आफ्नो गुजरा चलाउनु पर्छ उहाँले बताउनु भयो । – मकरराज धामीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’