बैशाख ७, बझाङ | विहान सबेरै उठेर होटल सरसफाई गर्नु उनको दैनिकि बनेको छ दहबगर ६ खानीबगरका शंकर धामी समुन्द्रको । २०५९ सालमा तत्कालिन अवस्थामा विद्रोह गरिरहेको माओवादीमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ७, बझाङ | विहान सबेरै उठेर होटल सरसफाई गर्नु उनको दैनिकि बनेको छ दहबगर ६ खानीबगरका शंकर धामी समुन्द्रको । २०५९ सालमा तत्कालिन अवस्थामा विद्रोह गरिरहेको माओवादीमा "/>
२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

होटल व्यवसाय गर्दै जनयुद्धका लडाकु समुन्द्र

२०७४, ७ बैशाख बिहीबार ०४:३०

बैशाख ७, बझाङ | विहान सबेरै उठेर होटल सरसफाई गर्नु उनको दैनिकि बनेको छ दहबगर ६ खानीबगरका शंकर धामी समुन्द्रको । २०५९ सालमा तत्कालिन अवस्थामा विद्रोह गरिरहेको माओवादीमा भुमिगत हुनु भएका धामी हाल होटल व्यवसाय गरेर बसेका छन् । 

निजि क्षेत्रकै लगानीमा बन्न लागेको देशकै सबै भन्दा ठुलो जलविद्युत आयोजना कालंगा जलविद्युत आयोजनाको निमार्ण कार्य सुरु भए संगै उहाँले होटल व्यवसाय गर्नु भएको हो । उहाँ संग जनयुद्धको समयमा धेरै ठाँउहरुमा युद्ध लडेको अनुभव छ । पाल्पाको तानसेन, रुकुमको खारा,कैलालीको कारागार र बडैपुर बनखेत वुटवल,रोल्पा, लगायतका दर्जनौ ठाँउहरुमा उहाँले युद्ध लडनु भएको छ । उमेरले के राम्रो के नराम्रो छुटयाउनै नसक्ने उमेरमा भुमिगत भएका समुन्द्र भन्नु हुन्छ “माओवादी आउथे बुर्जुवा शिक्षा हो यो पढन हुदैन, युद्ध गरेर सामान्ती सरकारलाई ढलाई जनवादी सरकार ल्याउनु पर्छ भन्थे हो जस्तो लाग्यो” भुमिगत भईयो । 

सोझा जनताका छोराछोरीलाई युद्ध लडाई नेताहरुले आफ्नो स्वार्थ पुरा गरेको गुनासो उहाँको छ । घरायसी तथा विविध कारणले युद्ध विराम संगै घर फर्के पछि आफुलाई कसैले सहयोग नगरेको उनको भनाई छ  । घर फर्के पछि जेनतेन गरेर अलि अलि पैसा कमाए र भेडाबाख्रा किनेर बाख्रापालन तर्फ लागे । भेडाबाख्रा बाट राम्रो आम्दानी हुन थाले पछि उनी व्यवसायिकरुपले बाख्रा पालनमा लागे समुन्द्र । तर जब देखि दबहगरमा कालंगा हाईड्रोपावरको निमार्ण कार्य सुरु भयो । उनी अहिले घर नजिकै होटेल खोलेर बस्नु भएको छ । 

होटल व्यवसाय बाट मासिक २० देखि ३० हजार सम्म हुने गरेको उहाँ बताउन् । आजकाल उनी हाईड्रपावरका कामदार तथा अन्य व्यक्तिहरुका लागी खाना तथा नास्ता बनाउनमै व्यस्त हुन्छन । देश परिर्वतन गर्छु भनेर युद्ध लडियो तर नत आफ्नो प्रगति भयो नत देशमा परिर्वतन गर्न सकियो उहाँ भन्नु हुन्छ  । पढने बेलामा युद्ध गर्न हिडियो अहिले राम्रो जागीरका लागी योग्यतानै छैन जे भए पनि होटेल व्यवसाय बाटनै आफ्नो गुजरा चलाउनु पर्छ उहाँले बताउनु भयो । – मकरराज धामीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह