Skip to content
Friday, July 17, 2026 Nepali Online Media

हेटौडामा सवारी दुर्घटनामा परि एकको मृत्यु

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>हेटौँडा, १० वैशाख । काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको ना६ख १०९१ नंको तेल ट्यांकरले हेटौँडा बजारबाट औद्योगिक क्षेत्रतर्फ जाँदै गरेको ना७प ९६२ नंको मोटरसाइललाई आज दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।&nbsp;<br></p><p>निधन हुनेमा मकवानपुरगढी गाउँपालिका–४ बस्ने ४८ वर्षीय घनश्याम बन्जारा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयले जनएको छ । रासस&nbsp;</p>