४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

विद्यालयवाट वञ्चित, कसैको आँखा पुगेन

१० बैशाख २०७४, आईतवार १५:२८

बैशाख १०, प्यूठान | नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यालय बाहिर रहेका वालवालीकाहरुलाई विद्यालय भर्ना अभियान जिल्लाका विभिन्न स्थानमा सञ्चालन भईरहेको छ । तर विद्यालय बाहिर रहेका वालवालीकाहरु विद्यालय भित्र ल्याउने अभियान चलिरहेपनि प्यूठानको मल्लरानी गाउपालीकामा एक बालिका विद्यालय बाहिर बस्नुपरेको छ ।

जिल्लाका दुर्गैम गाउघरको त के कुरा जिल्ला सदरमुकाम नजिकै रहेको मल्लरानी गाउपालीका वडा नम्वर ४ वस्ने वर्ष १७ कि सविता श्रेष्ठ विद्यालय जानवाट वञ्चित भएकी हुन् । कक्षा ६ मा पढ्दै आएकि सविताले एक्कासि विचमै छाड्नु भएको हो । सविताले विचमै विद्यालय छाड्नुको कारण हो सवितालाई देविले छुनु । विद्यालय जाँदै आएकि सवितालाई एक्कासि शरिर काम्न थालेपछि  विद्यालय जान छाडेकि सविता अहिले घरमै वस्दै आएकि छन् । अन्य ब्यक्तिहरुसँग छुईदा शरिर काम्न थालेपछि सविता विद्यालय जान छाड्नु भएको हो ।

विद्यालयमा जाँदा अन्य ब्यक्तिहरुसँग छुईने हुँदा शरिर काम्ने भन्दै सविताले अहिले विद्यालय जान छाड्नु भएको छ । साथिसँगी सँग रमाउने पढेर ठुलो मान्छे वन्छुभन्ने सपना वोकेकि सविताको सपना अहिले घरमै दवेको छ । सविताले आफु पहिले सानो हुँदा पढेर  ठुलो मान्छे वन्ने सपना वोकेको कुरा वेलावेलामा यादले सताउने गरेको सविताले गुनासो गर्नुभयो ।  दैवको संयोग चाहेर पनि केहि गर्न नसकिदो रहिछ अब जे छ सबै भगवानको हातमा छ ।

विगत तीन वर्ष पहिले सविताले आफुलाई स्वस्तानी देविले छोएको वताउने र आफै कामेको वेला मन्दिरमा वसेपछि आफुलाई निको हुने भनेपछि सविताको परिवारले घरमै मन्दिर वनाईदिएको सविताकि दिदि अम्विका श्रेष्ठले वताउनु भयो । घरको आर्थीक अवस्था कमजोर भएकाले आफु अनुकुल वातावरण मिले अझै उच्चशिक्षा हासिल गर्ने ईच्छा रहेका सविताले वताउनु भयो । विद्यालय भनाई अभियान जिल्लामा चलिरहदा सविताको विषयमा जिल्लाका सरोकारवालाहरुको ध्यान समयमै जान जरुरी छ । – शम्सेर विक्रम जि.सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’