२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पामा दुर्घटना परि पाँच जनाको मृत्यु, एकै घरका तीन जना परे

११ बैशाख २०७४, सोमबार ०१:३७

बैशाख ११, पाल्पा | छुट्टाछुट्टै दुई दुर्घटनामा पाल्पामा आइतबार पाँचको मृत्यु भएको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार ट्रिपर दुर्घटनामा एकै घरका तीनसहित चारको मृत्यु भएको छ । 

ट्रिपर दुर्घटनमा मृत्यु हुनेमा चालक तिनाउ गाउँपालिका–६ मस्यामका पुरन सारू (२६), उनकी श्रीमती बालकुमारी (२४), पाँच वर्षीय छोरा हेमेस र सहचालक प्रेमबहादुर कनौजे (२२) छन् । गम्भीर घाइते उनीहरूलाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत्यु भएको बताएको प्रहरीले जनाएको छ ।

पाल्पाको झुम्साबाट मरेकतर्फ जाँदै गरेको लु।१ख ९०३१ नम्बरको ट्रिपर तिनाउ गाउँपालिका–३ मा दुर्घटनामा परेको हो । कच्ची सडकखण्डमा अनियन्त्रित भएर ट्रिपर सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका सइ प्रवीण आचार्यका अनुसार अर्को ट्रिपरलाई साइड दिन लाग्दा सो दुर्घटना भएको हो ।

पाल्पामा आइतबार नै रिद्दिकोट गाउँपालिका–७ चाचरीमा जिप दुर्घटना भएको छ । लु।१ज १५८१ नम्बरको जिप दुर्घटनामा स्थानीय दानबहादुर गाहाको मृत्यु भएको पाल्पा प्रहरीका सइ प्रवीण आचार्यले जानकारी दिए । उनका अनुसार दुर्घटनामा दुईजना घाइते भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु