बैशाख ११, अछाम । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको सामुदायिक स्वास्थ्य कार्यक्रमका निर्देशक ईशा निरौलाको आज एक कार्यक्रमका बिच बिदाई गरिएको छ । 

बि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ११, अछाम । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको सामुदायिक स्वास्थ्य कार्यक्रमका निर्देशक ईशा निरौलाको आज एक कार्यक्रमका बिच बिदाई गरिएको छ । 

बि"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सामुदायिक स्वास्थ्य कार्यक्रमका निर्देशक निरौलाको बिदाई

११ बैशाख २०७४, सोमबार ०६:३१

बैशाख ११, अछाम । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको सामुदायिक स्वास्थ्य कार्यक्रमका निर्देशक ईशा निरौलाको आज एक कार्यक्रमका बिच बिदाई गरिएको छ । 

बिगत ३ बर्ष देखी संस्थामा कार्यरत निरौलाको अस्पतालका सम्पूर्ण कर्मचारीले एकसाथ बिदाई गरेका हुन । सामुदायिक कार्यक्रमका उपनिर्देशक लालबहादुर कुवँरले अबिर र फुलमाला लगाई बिदाई गरेका थिए । कार्यक्रममा कुवँरले निर्देशक निरौलाले संस्था र कार्यक्रमका लागी पुर्याएको योग्दानको खुलेर प्रशंसा गरेका थिए । 

सामुदायिक स्वास्थ्य कार्यक्रमलाई व्यवस्थित र फराकिलो बनाउदै यस क्षेत्रका जनताको स्वास्थ्यमा सुधार ल्याउन महत्वपूर्ण भुमिका निवार्ह गरेको भन्दै उपनिर्देशक कुवँरले निरौलाको कामको मुल्यांकन शब्दमा नअटाउने धारणा राख्नु भएको थियो ।

यस्तै बिदाई कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डाक्टर सन्तोष कुमार ढुंगानाले मन्तव्य राख्दै भन्नुभयो सामुदायिक स्वास्थ्य कार्यक्रमका निर्देशक निरौलाको संस्थाका लागी मात्र नभई लैगिंक समानता र सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने मान्यता राख्दै व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गरेकोमा प्रशंसाका साथै आगामी दिनको प्रगतिको कामना गर्नुभएको थियो ।

यस्तै बित्त म्यानेजर दिपक भट्टराईले संस्थाका लागी निर्देशक निरौलाले बिउ रोपेर बिरुवा बनाएर जानु भएको भन्दै अब बिरुवालाई छहारी बनाउदै सितल्ता प्रदान गर्न तर्फ सबै उन्नमुख हुनुपर्ने तब मात्र संस्थाको विकास र कार्यक्रम प्रभावकारी हुनेमा जोड दिनुभयो ।

कार्यक्रमका शुभकामना दिने सबैले निरौलाको नेतृत्वदायी भुमिकाले संस्थामा काम गर्ने हरेक कर्मचारीलाई हौशला प्रदान हुनुका साथै आपसी समन्वय र सहयोगले थप उर्जा मिलेकोमा सबैले जोड दिएका थिए । सामुदायिक स्वास्थ्य कार्यक्रम हाल जिल्लाका २१ गाविसमा संचालनमा रहेको र अन्य ठाँउमा संचालनका लागी तयारी भईरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु