Skip to content
Friday, July 17, 2026 Nepali Online Media

चितवनमा विद्यार्थी समूहबीच झडप हुँदा दुई जना घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>बैशाख १२, चितवन । </b>कृषि तथा वन विज्ञान विवि रामपुरमा दुई विद्यार्थी समूहबीच झडप हुँदा दुई जना घाइते भएका छन् ।&nbsp;<br></p><p>अनेरास्ववियुक्रान्तिकारी) र अनेरास्ववियुबीच आज बिहान १०.३० बजे छात्रावासको भोजनालयमा खाना खाने क्रममा विद्यार्थीबीच झडप भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।&nbsp;</p><p>झडपमा परी घाइते हुनेमा अनेरास्ववियुका चिरन्जीवी पन्त र अर्का एक जना रहेको र उनीहरुलाई उपचारका लागि भरतपुरका पठाइएको छ । केही दिन अगाडि कलेजमा लगाइने टिसर्टका विषयमा उनीहरुबीच विवाद भएको थियो । आज बिहान झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो । रासस&nbsp;</p>