४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

सशस्त्र प्रहरीको लाठी चार्जबाट दर्जन बढी स्थानीय घाईते

१२ बैशाख २०७४, मंगलवार १६:३४

नन्दराम जैशी,  बैशाख १२ जुम्ला ।

चन्दननाथ नपा–९ बयालकाटियागाउँका स्थानीय र सशस्त्र प्रहरीको झडपमा दर्शन बढी घाइते भएको छन् भने ४ जना प्रहरी समेत घाइते भएका छन् । चन्दननाथ नपा ९ का वयालकाटियागाउँ र तलिउम गाउँ बीच शन्भुनाथ पारिपाल्त भन्ने वनको विषयमा बैशाख ११ गते विवाद भएपछि न्यायका लागि प्रशासन कार्यालयमा

आउदा सशस्त्र प्रहरीले एक्कासी लाठी चार्जगरी दर्जन बढी स्थानीय घाईत भएको देव गिरिले बताए ।

उनले भने प्रशासनमा न्यायका लागि आएका हौँ प्रहरीको कुटाई खान आएको होईन । घाईत हुनेहरुमा सुरेन्द्र गिरि, विर्ख गिरि, चैती गिरि, दुर्गा गिरि, जनतारा गिरि, चक्र गिरि, कला गिरि विष्णु गिरि, एकमाया गिरि, मन्नु गिरि अर्का सुरेन्द्र र चन्द्र गिरि घाईते भएका छन् । घाईतेहरुको टाउको, ढाड, तिग्रा अनुहार चोट लागेको छ । त्यसैगरी घाईते प्रहरी जवान हिक्मत थापाका अनुसार प्रहरी ४ जना घाईते भएको छन् । घाइतेहरुको अनुसार, टाउको र तिग्रामा चोट लागेको छ ।

प्रहरी जवान थापाले भने वनको विषयमा आन्दोलन गर्दै आएका आन्दोलनकारीहरुलाई सम्झाउदै ४÷५  जनाको समुह बनाएर प्रमुख जिल्ला अधिकारीसँग छलफलको लागि जानुहोस भने सम्झाउदै थियो ।

आन्दोलनकारी तर्फका १/२ जना उत्श्रिखल थिए उनीहरुले बढी होहल्ला गरेक पछि सशस्त्र प्रहरीले भिड नियन्त्रणका लागि लाठी चार्ज गरेको उनले बताए ।   

घाईत स्थानीय र प्रहरीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भईरहेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले स्थानीयले नाराजुलसमा प्रयोग गरेका प्लेकार्डले प्रहरीलाई प्रहार गर्न थालेपछि दंगा भड्किएको प्रतिक्रिया दिए । आन्दोलनकारी जवरजस्ती प्रशासन कार्यालयको ढोका भित्र प्रवेश गर्न खोज्दा प्रहरीले नियन्त्रणमा लिन खोजेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद